• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के हो वर्णाश्रम? के हो वर्णसङ्कर?

64x64
दुर्गा मगर शनिबार, असोज ६, २०८०  ०७:००
1140x725

मानव धर्म संस्कारभित्र जातलाई शुद्र, वैश्य, क्षेत्रीय र ब्राह्मण गरी चार वर्णमा विभाजन गरिएको छ। यी चार वर्ण कसरी उत्पत्ति र विभाजन भयो ? यी चार जातभित्र कस्तो प्रवृत्तिका मानिसहरु हुन्छन् ? मेरो आध्यात्मिक चिन्तन, विश्लेषण र अन्वेषण अनुभवबाट यहाँहरुसमक्ष राख्ने प्रयास गरेको छु। 

यी चार जातभित्रको विभेद र उत्पत्तिका विषयमा अनेकौं शास्त्र र ऋषि मनीषीहरुले आ–आफ्नै तर्कवितर्क र विश्लेषण गरेका छन्। 

मानिस मात्र यस्तो प्राणी हो जो आफ्नो गुण, धर्म, आदत, समय सापेक्षित परिवर्तन गर्न सक्छन्। अरुमा त्यस किसिमको गुण हुँदैन। आगोको गुण पोल्नु हो। खुर्सानीको गुण पिरो हुनु हो। पानीले पनि आफ्नो गुण बिर्सिंदैन। सिंहको गुण भक्षक र रिसाउने हो। त्यस्तै, पशुपंक्षी र वनस्पतिहरु आ–आफ्नो गुण, धर्म, स्वभावमा रहन्छन्।

मनुष्यको खानपिन, रहनसहन र वातावरणमा चाँडै घुलमिल हुन सक्ने शारीरिक बनावट भएकाले गुण, स्वभाव परिवर्तन भएको  होला। अरु प्राणी वनस्पतिहरुमा रहनसहन वातावरणमा एकरुपता भएको हुनाले गुण धर्म स्वभावमा एकरुपता भएको हो। 

अध्यात्मले मान्छेको गुण र स्वभावलाई अतुलनीय रुपले परिवर्तन गरिदिन्छ। विगतका इतिहास हेर्ने हो भने भगवान् कृष्ण कैदी आमाबुबाको छोरा, गाई गोठाला थिए। भागवत र गीताका रचयिता वेदव्यास, उनकी आमा मत्स्यगन्धा अर्थात् सत्यवतीलाई पराशर ऋषिले दिएको ऋतुदानबाट जन्मेका थिए। रामायणका रचनाकार वाल्मीकि रत्नाकर डाकु थिए। राजकुमार सिद्धार्थ राज्यको आपसी झगडाले राजदरबार छोडेर तथागत भगवान् गौतम बुद्ध भए। अंगुलिमाल, पट्टाचाराहरु जस्ता विक्षिप्त मनस्थितिको जीवनी बुझ्न र पढ्न सकिन्छ।

शुद्र स्वभाव
मेरो भनाइको मतलब अध्यात्ममा प्रवेश गर्नुभन्दा पहिले प्रत्येक मानिस शुद्र स्वभावका हुन्छन्। शुद्र स्वभाव भन्नाले मानिसको शारीरिक, मानसिक र वाणीमा क्षुद्रता, हिंसक प्रवृत्ति, तनाव, चिन्ता, आत्मग्लानि, नकारात्मक सोच आदि अव्यावहारिक गतिविधिमा रमाइलो मान्नेहरु शुद्र जातमा कहलिन्छन्। यस्ता प्रवृत्तिका मानिसहरुलाई शुद्र स्वभावको मानव भनिन्छ। मान्छे जातले शुद्र हुँदैन, उसको  स्वभाव र प्रवृत्तिले शुद्र बनाउने हो। तर यहाँ मान्छेले मान्छेलाई पशुको स्तरमा भन्दा निम्नस्तर शुद्रलाई दलित जातमा विभेद गरेको छ। उनीहरुलाई सामाजिक बहिस्कार गरेको छ। जस्तै मठमन्दिर प्रवेशमा रोक लगाइएको छ। अमानवीय छुवाछुत र विभेदको घिनलाग्दो भयको जन्जिरले चारै दिशाबाट बाँधेर उकुसमुकुस हुने गरी बेरेर राखेको छ। सम्झँदै आङ सिरिङ्ग हुन्छ।

प्राकृतिक रूपमा शारीरिक, मानसिक र वाणीमा शुद्र प्रवृत्ति स्वभावका व्यक्ति आत्मालोचना, आत्मग्लानिबाट परपीडक भएर अध्यात्मको शरणमा पुग्छन्। उनीहरुको गहिरो अभ्यासले, उच्च साधनापथले चाँडै प्रगतिको शिखर चुम्न सफल हुन्छन्।

वैश्य स्वभाव 
गुरुभक्ति, ईश्वर परमात्माप्रतिको शरणागतले भावातीतमा प्रेम, करुणा जागृत हुन्छ। जगतमा भएका कीटपतङ्गदेखि पशुपंक्षी र वनस्पति सबैप्रति भावविह्वल हुन्छ। साधक शुद्र अवस्थाबाट वैश्य प्रवृत्ति स्वभावमा परिवर्तन हुन्छ। वैश्य प्रवृत्ति स्वभाव भएका साधकहरु सेवा भावका हुन्छन्। यस्ता प्रवृत्तिका मानिसहरु सेवामा आत्मनिर्भर हुन्छन्। साधुसन्त, गुरुजन, ईश्वर भगवान् आदिको भक्ति र सेवामा लागेका हुन्छन्। भौतिक जगतमा वैश्य प्रवृत्तिका मानिस जागिर खान्छन्। जगतमा भएका प्राणीहरुको सेवा गर्छन्। खेती किसानी गर्छन्, अन्नबाली उब्जाउँछन्, उब्जाएको अन्नबाली पहिले अरुलाई खुवाएर मात्र आफू खान्छन्। आफ्नो शिष्य करुणामा विक्षिप्त प्रेममा भावविह्वल भएपछि मैत्रीमंगलको साधनाबाट दीक्षित गराउनुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

क्षेत्रीय स्वभाव
वैश्य स्वभावबाट साधक क्षेत्रीय स्वभावमा प्रवेश गर्दछ। सबैभन्दा अप्ठ्यारो र खतरापूर्ण अवस्था क्षेत्रीय अवस्था हो। शिष्य क्षेत्रीय अवस्थाबाट ध्यान साधनामा पतन पनि हुन सक्छ। 

क्षेत्रीय स्वभावका शिष्यहरु आँटिला, जोशिला, हिम्मतवाला प्रवृत्तिका हुन्छन्। राज्य सत्ताको बागडोर सम्हाल्ने शक्ति, आँट र हिम्मत गर्छन्। उनीहरु मृत्युको भयबाट अभय निडर बहुवाली शक्तिको प्रतीक हुन्छन्। शिष्यको यो अवस्थालाई मध्यनजर गरेर सद्गुरुले आफ्नो छत्रछायामा राखेर बौद्धिक सैद्धान्तिक शिक्षासँगै तत्त्वज्ञानका माध्यमद्वारा गहिरो लामो ध्यान साधनामा डुबाउँदै क्षेत्रीय स्वभावबाट शिष्य ब्राह्मण प्रवृतिमा प्रवेश गर्दछ। 

ब्राह्मण स्वभाव 
ब्राह्मण प्रवृतिका साधकले आफ्ना इन्द्रियहरुलाई आफ्नै वशमा, समतामा राख्ने क्षमता बनाउँछ। इन्द्रियभन्दा पर इन्द्रियातीत अवस्थामा विहार गर्दछ। भौतिक जगतमा यसको व्याख्या र उदाहरणीय विषयवस्तु नै छैन। यस्ता ब्राह्मणको शारीरिक, मानसिक, वाणी अमृत हुन्छ। तत्त्वज्ञानका अतुलनीय भण्डार हुन्छ। ब्रह्माण्डसँग एकतभावमा लयबद्ध हुन्छ अर्थात् समष्टिमा ब्रह्माण्ड उ नै हुन्छ। यस्ता ब्राह्मणसँग प्राकृतिलाई जित्ने अकाट्य शक्ति हुन्छ।  यी प्रवृतिका ब्राह्मणलाई जीवित भगवान्  मानेर पूजा गर्नुपर्दछ। जस्तै– भगवान्  श्रीराम, भगवान् श्रीकृष्ण, भगवान् बुद्ध, तत्त्वदर्शी ऋषि, मनीषी, सन्त महात्माहरु। 

यहाँ गुरु परम्पराको सैद्धान्तिक नियम लागू हुन्छ। गुरु परम्परालाई तोडेर दार्शनिक, बौद्धिक ज्ञानले स्वयं आफैंले आफैँलाई स्वघोषित सद्गुरु घोषणा गरेका गुरुहरुमा सैद्धान्तिक ज्ञान त हुन्छ, तर तत्त्वज्ञान हुँदैन। त्यस्ता गुरुले क्षेत्रीय स्वभावमा पुगेका शिष्यहरुलाई गहिरो साधनामा लैजान सक्दैनन्। अन्ततोगत्वा साधक वर्णसङ्करमा झर्ने सम्भावना हुन्छ। यहाँ पवित्र धर्मशास्त्र गीताको खण्डन गर्न खोजिएको हैन। भागवत गीताको अध्याय १ को श्लोक ४१ र ४२ मा वर्णसङ्करको वर्णन गरिएको छ। अनैतिक सम्बन्धले वर्णसङ्कर पैदा हुन्छ। त्यसरी जन्मेको बच्चाबाट कुलधर्मको नाश हुन्छ भनी अवला नारीमाथि दोष थोपरिएको छ। अनैतिक सम्बन्धबाट कुलधर्म नाश हुने थियो भने यिनै भागवत गीताको रचनाकार वेदव्यासलाई ऋषि पराशरको अनैतिक सम्बन्धबाट कुमारी आमाले सत्यवतीले जन्माएका छोरा हुन्। हिजोआज जताततै सीमित स्वार्थका लागि साम्प्रदायिक ध्यान केन्द्रहरु खोलिएका छन्। त्यस्ता ध्यान केन्द्रहरुमा साधकहरुको अन्तर भावना बुझिदिने आत्मज्ञानी गुरुहरु हुँदैनन्। त्यही सम्प्रदाय ध्यान केन्द्रका गुरु र गुरुहरुबाट नै वर्णसङ्करको उदय हुन्छ  र कुल धर्ममा (ध्यान साधनामा) विटुलो हुन आउँछ। 

Xtrem

Xtrem

गुरु–शिष्यको परम्परालाई तोडेर स्वघोषित सद्गुरुहरुको ट्याग भिरेर मनोमानी ढंगले साधनामा होमिने र होम्याउने प्रवृत्तिले वर्णसङ्कर उत्पन्न हुने हो। अनैतिक सम्बन्धले नाजायज बच्चा जन्माउने महिलाले वर्णसङ्कर निम्त्याएको होइन। ती आमाबाट जन्मेका बच्चाले कुलधर्म नाश गर्ने हैन भन्ने प्रमाण स्वयं श्रीमद्भगवद्गीता हो। वैवाहिक विधिविधान नगरी, बाहुनी आमाको कोखइतरबाट जन्मेका सज्जनले पनि कुलधर्मको संरक्षण, अन्वेषण र प्रवर्द्धन गर्दा रहेछन् भन्ने सत्य प्रमाण भगवद्गीताका रचनाकार कृष्ण द्वैपायण वेदव्यासजी स्वयं हुनुहुन्छ। राजनीतिक पृष्ठभूमिमा पनि यही नियम लागू हुन्छ। राजनेताको सिद्धान्तलाई पन्छाएर नेताले स्वघोषित बौद्धिक मनोमानी ढंगले राज्य सञ्चालन गरेको खण्डमा देश र जनताले सुशासनबाट बञ्चित हुनु परेको घटना विदितै छ। स्मरण रहोस्, यहाँ ब्राह्मणले (बाहुनले) धर्ममा मनोमानी गर्‍यो, देश ब्राह्मणले बिगार्‍यो भनेर आरोप लगाइएको छ। देश र धर्म बिगार्ने न ब्राह्मण, न क्षेत्रीय, न वैश्य न त शुद्र नै हुन्। वर्णसङ्करबाट उत्पन्न हुने प्रवृत्ति र स्वभावले देश र धर्मलाई विटुलो बनाएका हुन्। दिन दुगुना रात चौगुनाका दरले खोलिँदै गएका साम्प्रदायिक ध्यान केन्द्रहरुकै कारण वर्णाश्रम धर्मको गलत व्याख्या र घातक वर्णसङ्करहरु उत्पन्न भइरहेको स्पष्ट हुन्छ।

यो पनि पढ्नुहोस

ध्यान साधनामा परमाणुतत्त्वको महत्त्व

 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा मगर
लेखकबाट थप
ब्ल्याक होलबाटै हुन्छ चित्त निर्मल
के हो वर्णाश्रम? के हो वर्णसङ्कर?
ध्यान साधनामा परमाणुतत्त्वको महत्त्व
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
भारतीय सेनाका एडजुटेंट जनरल कौशिक नेपाल भ्रमणमा आइतबार, असोज २५, २०८३
सुदूरपश्चिममा एकै वर्ष दोस्रोपटक बजेट, ३७ अर्ब ७० करोड विनियोजन आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्