• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

ध्यान साधनामा परमाणुतत्त्वको महत्त्व

64x64
दुर्गा मगर शनिबार, असार ३०, २०८०  ०६:२९
1140x725

साधक भित्रहरु। मैले पटक–पटक आफ्नो सीमा यहाँहरुलाई भन्दै आएको छु। मेरो औपचारिक शिक्षाको सीमाले ध्यानका गहिरा–गहिरा अनुभवहरुलाई लेखनका माध्यमद्वारा छिटोछिटो पस्किन सक्दिनँ। तैपनि तपाईंहरुले पटक–पटक आग्रह गरेपछि सानो प्रयास गरेको छु।

दशौं वर्ष ध्यान गर्दा पनि खै किन तनाव, अशान्ति, छट्पटी हटेन। सुख, शान्ति आएन भन्ने यहाँहरुको जिज्ञासालाई म यति मात्रै भन्न सक्छु कि साधनामा कसैले दिँदैन। मलाई पनि कसैले दिएको होइन, आफूले पाएको ध्यानको विधिमा आफैं गहिरिँदै आनन्दानुभूतिमा पुगेको हुँ। 

अरुले देलान् र मैले पाउँला भन्ने भ्रममा यहाँहरु दौडिरहनुभएको छ जस्तो लाग्यो। स्वयं भगवान् शिव र बुद्ध आए पनि उहाँहरुले पनि विधि मात्रै दिएर जाने हो, गन्तव्यमा त आफैं हिँड्नैपर्छ। सन्त, महन्तहरुले तपाईं, हामीलाई मुक्त गरिदिने होइन। तथास्तु भनिदिने होइन, भनिदिए पनि त्यसको कुनै कामै छैन। ध्यान साधनाको शब्दकोशमा तथास्तु भन्ने शब्द नै छैन, प्रयास भन्ने शब्द मात्रै छ। साधक स्वयंले गहिरो प्रयास गर्नैपर्छ। त्यसैले अरुका पछाडि दौडिन छाडेर आफैं विधिपूर्वक अगाडि बढ्ने बानी बसाल्नुभयो भने निश्चित रुपमा यहाँहरुको ध्यान साधनाको तह गहिरिँदै जान्छ र परमानन्दमा पुग्नुहुनेछ भन्नेमा म विश्वस्त छु। 

मलाई फोन गर्ने सबै जसो मित्रहरुले मनमा भयङ्कर डरत्रास, तनाव रहेको र कति ध्यान गर्दा पनि नहटेको गुनासो गर्नुहुन्छ। 

साधनामा के–कस्ता अवस्थिति हुन्छन् भन्ने विषयमा यो लेखमा सानो प्रयास गरेको छु, जुन यहाँहरुकै फाइदाका लागि र जिज्ञासा मेट्न सहयोगी हुनेछ भनेर आफूले भोगेको सानो अनुभव बाँड्न चाहेको हुँ।

रामायणका सय करोड कोटि सेना र महाभारतका अठार अक्षौहिणी महासेनाहरुलाई हाम्रा अध्यात्मिक तत्त्ववेता सन्त महात्मा ऋषिहरुले कठोर तपस्या र भयबाट अभयको प्रयोगात्मक अन्वेषणबाट प्राप्त उपलब्धिहरुलाई पूर्वीय दर्शनका बुद्धिजीवी, विद्वान्हरुले सामान्य राक्षस सेना र चुलबुले बाँदर सेनाहरुलाई कथा शास्त्रमा मात्र सीमित चित्रण गरी राखेको  हो कि भन्ने जिज्ञासा मनमा उब्जियो। 

यी सामान्य सेना नभएर ग्रह, नक्षत्र, तारा मण्डल आदि विश्व ब्रह्माण्डलाई नै आफ्नो अधीनमा राख्न सक्ने परमाणु तत्त्व हुन्। पश्चिमा देशका दार्शनिक र बुद्धिजीवीहरुले यसको अन्वेषण र विश्लेषण गरेर आज भौतिकवादले सम्पन्न र समृद्धि देश बनाउन सफल भएका छन्। आध्यात्मिक ध्यान साधना, धर्मका लागि परमाणु तत्त्व मूल स्रोत हुन्। हिजोआजको ध्यान साधनाका पद्धतिमा परमाणु तत्त्वलाई बेवास्ता गरेर अलौकिक दिव्यताको अनुभूतिलाई विशेष पहल गरेको पाइन्छ। कोही आकार, निराकार अद्वैत ब्रह्मको दर्शन पाएको सुनाउँछन्। कसै–कसैले निर्विकल्प समाधि घटित भएको अनुभव सुनाउँछन्। म को हुँ, यहाँ किन आएको रहेछु भनी सङ्क्षिप्त व्याख्या दिन्छन्। सुन्न र सुनाउन खुब आनन्द आउँछ। यी र यस्ता घटनाहरु घटित हुनु अत्यन्तै कल्याणका कुरा हुन्। 

यस्तो अखण्ड अलौकिक दिव्यताले साधकको जीवनशैली परिवर्तन हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ध्यान साधनाका मुमुक्षुहरुलाई माथिका परमाणु तत्त्वका अनुभूतिहरुका बारेमा जिज्ञासा उठ्नु स्वाभाविक लाग्दो हो। यो विश्व ब्रह्माण्ड परमाणु तत्त्वको पुञ्ज हो। जगत् क्षणभङ्गुर छ। यो भौतिक संसारमा उपलब्ध विषयवस्तुहरु सबै परमाणुबाट निर्माण भएका हुन्। हाम्रो शरीरले परमाणु तत्त्वबाट नै पूर्णता पाएको छ। शरीरको बहिर्मुखी र अन्तर्मुखी आयामहरु परमाणुले बनेको छ।

पाँच प्राण, पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, मन र बुद्धि– यी १७ तत्त्व परमाणुबाट बनेका हुन्। यी तत्त्वबाट बन्ने जीवको सूक्ष्म शरीरको समष्टि ईश्वरको सूक्ष्म शरीर हो। स्थूल ब्रह्माण्ड नै ईश्वरको स्थूल शरीर हो।

जस्तै, कान, नाक, मुख, छाला र आँखा यी पाँच ज्ञानेन्द्रियहरुका आ–आफ्नै कार्य क्षेत्र छन्। पाँच इन्द्रियद्वारा विषयवस्तुहरुलाई थाहा पाउनेवाला मन, बुद्धि हो। यी पाँच प्राण, पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय तत्त्व र शरीरसँग मन, बुद्धि लिसोझैँ टाँसिएर बसेको छ।  इन्द्रिय बन्ने परमाणु तत्त्वको इकाईभन्दा पनि सूक्ष्म इकाईले मन, बुद्धि बनेको छ। जति सूक्ष्म इकाईले बनेको तत्त्व हुन्छ, त्यति नै विराटभन्दा विराट, सूक्ष्मभन्दा अति सूक्ष्म र थाहा पाउने क्षमता विशद् र द्रूतगतिमा चल्ने हुन्छ। 

कुनै विषयवस्तुको एकाग्रतामा इन्द्रियहरु सक्रिय भई भाव, विचार उत्पन्न भएर विषयप्रति समग्रतामा भावातीत हुन पुगियो भने मन, बुद्धिको तहले जुन भाव विचारले विषय उठान गरेको छ, त्यही विषयवस्तुहरु प्रक्षेपण भएर आकारमा र दृश्यमा सल्बलाउन थाल्दछन्। यसरी नै दृश्य–द्रष्टाको प्रादुर्भाव हुन्छ। शरीरबाट मन, बुद्धि अलग छुट्टिएको प्रक्षेपणमा जीवबाट आत्मा बाहिर निस्केको महसुस हुन्छ।

यहाँसम्मको यात्रामा म, मेरोको स्मृति रहिरहन्छ। जब इन्द्रियहरु सक्रिय भइरहेको अवस्थामा विचार, भाव पनि चलिरहेको प्रतिकूल हुँदाहुँदै स्वस्फूर्त विचार, भाव विलय भएर त्यहाँ शुद्ध चित्त मात्र शेष रहन्छ। जहाँ अलौकिक दिव्यतामा अखण्ड सत्, चित् परमानन्दको अनुभव हुन्छ। म, मेरो अहङ्कारको भाव स्वस्फूर्त विलय भएर निर्मल चित्तले समग्रतामा निराकारै–निराकार अद्वैत मार्गको आभास हुन्छ। आभाससँगै पूर्ण आकाशको बादलभित्र चित्त समाहित भएको प्रतीत हुन्छ। त्यहाँ पुगेर ध्यानी बहिर्मुख भएपछि शरीर वातानुकूलित कक्षबाट बाहिर निस्केझैं बिझाउने, पोल्ने, असहज वातावरणमा स्पर्श भएको महसुस हुन्छ। साधक एक क्षण अलमलमा टोलाएर चिन्तन गर्छ। साधक त्यहाँ पुग्नुलाई सिद्धिको अवस्था भन्न सकिन्छ।

भक्तिभावमा शरणागत भएर यी दिव्य अवस्था चुम्न सफल भए पनि परमाणु तत्त्वलाई जानिएन, बुझिएन, साक्षात्कार भएन भने राग, द्वेष, अहङ्कार, आशक्ति जस्ताको तस्तै रहन्छ। भगवान् बुद्धलाई परमाणु तत्त्वको राम्रोसँग जानकारी थियो भने यी पङ्क्तिकारलाई विश्वास छ। जरामरण, उदय–विलय उहाँको मूल मन्त्र नै हो नि, परमाणुहरु पनि उदय–विलय, जन्मने मर्ने क्रम तीव्र रुपले हुने हो। 

परमाणु तत्त्वको दर्शन दुर्लभ छ। भाग्यमानी सन्त, योगीले मात्र जीवित हुँदै यसको दर्शन पाउँछ। परमाणु तत्त्व भयानक कहालीलाग्दो डरत्रास, भययुक्त छ। ब्ल्याक होलझैं देखिन्छ। त्यो अनकन्टार ब्ल्याक होलभित्र खसिन्छ कि भन्ने भयले हायलकायल बनाइदिन्छ। यी परमाणु कपालझैँ मसिनो तीन चार इन्चको हुन्छ। उदय हुँदै नष्ट हुने मसिनो जुनकीरी जस्तो मिलिकमिलिक बत्ति बल्ने, मसिनो ध्वनिसहित चलाचलन हुन्छ। सामान्य रुपको भए पनि भयानक डरलाग्दो छ। पछि–पछि त यी परमाणु तत्त्व आउँदै गरेको यसरी थाहा हुन्छ, टन्टलापुर घाम लागेका बेला घामलाई दौडिरहेको बादलले छेक्दा धर्तीमा छाया सरर हिँड्दै आएझैँ परैबाट भययुक्त आवाज गर्दै आएको आभास हुन्छ। तमो गुणले भरिएको व्यक्तिमा त्यस्तै प्रकृतिको परमाणु तत्त्व शरीरमा हावी हुनाले भय, डर, त्रास उत्पन्न हुने हो। सतगुणी स्वभावको शरीरमा परमाणु तत्त्व पनि सतगुणी स्वभावको हुनाले भय, डर, त्रास कम हुँदै जाने हो।

तत्त्ववेता सद्गुरुको सत्सङ्ग र सान्निध्यमा परमाणुको हाउभाउ, चालचलन, गतिविधिहरुको अनुशरण अर्थात् बोध भए मात्र अनेकौं दीक्षाहरुबाट ओमकार ध्वनि प्रादुर्भावको महसुस हुन्छ। मन, बुद्धिसँग स्वयंले पुरुषार्थ गरे राग, द्वेष, अहङ्कार आशक्ति इत्यादि आयामहरु अखण्ड समभावमा स्थित शान्त जीवन मुक्तिको पथमार्गमा अग्रसर हुन सकिन्छ। परमाणु तत्त्वले नै पूर्ण शरीरभरि सत्, चित्त, परमानन्द र अखण्ड आनन्दको रोमाञ्चित वृष्टि भइरहन्छ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा मगर
लेखकबाट थप
ब्ल्याक होलबाटै हुन्छ चित्त निर्मल
के हो वर्णाश्रम? के हो वर्णसङ्कर?
ध्यान साधनामा परमाणुतत्त्वको महत्त्व
सम्बन्धित सामग्री
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्