• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

ब्ल्याक होलबाटै हुन्छ चित्त निर्मल

64x64
दुर्गा मगर आइतबार, कात्तिक २६, २०८०  १२:५१
1140x725

साथीहरु! तपाईंहरुले जुनसुकै माध्यमबाट मसँग सम्पर्क गर्दा पनि सधैंजसो एउटै कुरा भन्नुहुन्छ, ‘ध्यान गरेपछि त आनन्द आउँछ, तनाव, दुःख, कष्ट, चिन्ता हट्छ होला भनेर थालेको, तर उल्टो मनभित्र त भीमकाय अँध्यारो र डरलाग्दो त्रास पो रहेछ। दुर्गाजी, लौन कसरी यसबाट पार पाउने होला ?’  

मित्रहरु ! यहाँहरुलाई थाहै छ, केही समयअघि मध्यराति चन्द्रग्रहण लाग्यो। ग्रहणलाई नाङ्गा आँखाले हेर्नु हुँदैन, ग्रहणका बेला घरबाहिर निस्कनु हुँदैन, खानेकुराहरु पनि खानु हुँदैन भन्ने हामीले सुन्दै र पालना गर्दै आएका हौं।

केही समयअघि लागेको चन्द्र ग्रहणको रात मेरो मनमा अनेक कुरा खेलेर निदाउन सकिरहेको थिइनँ। यहाँहरुभित्रको छट्पटी र ग्रहणका विषयमा राति झन् तीव्र रुपले सोच बढ्न थाल्यो। यहाँहरुलाई थाहै छ, ग्रहण लाग्दा विशाल चन्द्र र सूर्यलाई सर्लक्क अँध्यारो छायाले ओझेल पारिदिने गर्छ। 

गहिरो ध्यान साधनामा डुबुल्की मार्दा कुनै दिन मलाई भीमकाय ब्ल्याक होलले सताएको स्मरण आयो, ठीक चन्द्रमालाई कालो धब्बाले घेरेझैं। आफूले ध्यान साधनामा अनुभव गरेको त्यही भीमकाय भयरुपी ब्ल्याक होलको ताजा स्मृति चन्द्र ग्रहणका दिन आँखाअगाडि दृश्यका रुपमा नाच्न थाल्यो।

यो पनि पढ्नुहोस

 

के हो वर्णाश्रम? के हो वर्णसङ्कर?

ग्रहण लागेका बेला सूर्य–चन्द्रबाट आउने परमाणु विकिरणहरु अन्यन्तै भयानक र दूषित हुन्छन् भनेर हाम्रा ऋषिहरुले भन्दै आएका हुन्। त्यसैले ग्रहणलाई नाङ्गो आँखाले हेर्न नहुने, खानेकुरा खान नहुने र ध्यान गरेर ग्रहणका दूषित विकिरणहरुबाट बच्न ऋषिहरुले सचेत गराउँदै आएका हुन्। चिकित्सकहरुले पनि ग्रहणको विकिरण रश्मिको प्रभाव आँखा र शरीरमा अन्य संवेदनशील अङ्गमा पर्‍यो भने रोग लाग्न सक्ने पुष्टि गरिसकेकाले हामी कसैले पनि सीधै ग्रहण हेर्नु हुँदैन।

ऋषिमुनि, साधुसन्त जस्ता हाम्रा पूर्वजहरुले सूर्य र चन्द्रमामा बेलाबखत लाग्ने कालो टाटो अर्थात् ग्रहणको मात्र चर्चा गरेनन्, हाम्रो मनभित्र गढेर रहेको भयानक कालो टाटो अर्थात् ग्रहणको बारेमा पनि चर्चा गरेका छन्, जसलाई युवा पिँढीले पनि बुझ्ने भाषामा ब्ल्याक होल भनौं। 

ध्यान साधनाका क्रममा मैले अनुभव गरेको ब्ल्याक होल भयङ्कर कहालीलाग्दो, गहिरो र जड जगत्‌मा प्रकाशित विषयवस्तुहरु हजारौं औंसीको रातझैं अँध्यारोमा परिणत भएर मसिनो कपालझैं ३–४ इन्च लामो शीरमा झिमिक–झिमिक बल्ने परमाणु तत्त्वहरु सल्बलाउँदै मन्द आवाजमा भयानक त्रासपूर्ण अवस्थाको साक्षात्कार गरेको थिएँ, जसको स्मरण चन्द्र ग्रहणको मध्यरात भइरहेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

आज विज्ञानले जति पनि उपकरणहरु आविष्कार गरेको छ। ब्ल्याक होलभित्रका परमाणु तत्त्वबाट असङ्ख्य उपकरण निर्माण गरेको हो। यस्ता उपकरणहरु विज्ञानले यो जगत्‌बाहेक अन्य जगत्‌मा चलाउन सकेको छैन। यी स्वचालित उपकरणहरु मानिसले आफ्नो अधीनभित्र सीमित राखेका छन्। 

त्यसरी नै प्राकृतिक विषय वासनाहरु पनि मायाको अधीनमा रहेका छन्। विज्ञान र अध्यात्मले जड जगत् पनि चेतनामा परिणत हुन्छ भनेको बलियो आधार नै परमाणु तत्त्व हो। विज्ञानले यन्त्रको सहयोगले परमाणुको निरीक्षण र अन्वेषण गर्‍यो भने अध्यात्मले नाङ्गो आँखाले परमाणु तत्त्वको विशाल पुञ्ज नै ब्ल्याक होल हो भन्यो। मायारूपी प्राकृतिक साधन स्रोतबाट यस्ता परमाणु तत्त्व र ब्ल्याक होलको निर्माण हुन्छ भने मनुष्यको अस्तित्वभित्रबाट पनि परमाणु र ब्ल्याक होलको अवधारणा बन्छ। लाखौं प्राणीमध्ये मनुष्यमा मात्र यसको साक्षात्कार र निवारण गर्न सक्ने क्षमता हुन्छ। मनुष्यको खानपिन, कर्म र कर्मफलको आधारमा परमाणु निर्माण हुन्छ, जसलाई पाप र धर्म भनियो। प्राकृतिक साधन स्रोतबाट उपलब्ध उपभोग्य वस्तुहरु तामसी, राजसी र सात्विक त्रिगुणले युक्त छन्। यी उपभोग्य वस्तुहरु जथाभावी मनोमानी ढङ्गले उपयोग गरे शरीर र मनलाई चञ्चल बनाइदिन्छ। चञ्चल मनले बाध्य भएर कर्मलाई अविद्यातिर धकेलिदिन्छ। अविद्याले चित्तलाई विखण्डित गरी मनको कालकोठरीमा अन्ततः मनले नै बन्धक बनाइदिन्छ। अविद्याका कारण चित्तले कर्मको फल भोग्नुपर्छ। यहाँ कुनै पूर्वजन्मको कर्म, संस्कारको भोगाइ हैन, यही जन्मको अविद्याका कारणले भोग भोग्नुपर्दछ। रमाइलो पक्ष मनुष्यको कर्मअनुसार ८४ लाख योनिको भोग प्रकृतिले निर्धारण गरिदिएको हुन्छ। ८४ लाख योनिमा पाप कर्मको भोग सकेर मनुष्य योनिमा उसले जन्म लिएको हुन्छ। मनुष्य योनि प्राप्त गर्नु मायाबाट पुण्य प्राप्त गर्नु हो। प्राकृतिक साधनस्रोतबाट उपलब्ध उपभोग्य विषय वासनाहरु उपभोग गरेबापत अविद्या जन्मने हो। अविद्याको कर्मबाट परमाणु तत्त्व बन्ने हो, ती परमाणुको पुञ्ज ब्ल्याक होल हो। जीवित अवस्थामा प्राकृतिक साधनस्रोत जीवको चित्तले ग्रहण गरेको हुनाले मृत्यु भएपछि पनि चित्तबाट ती नहटेसम्म जीव ब्ल्याक होलमै रुमल्लिन्छ। कर्मको फल चित्तले भोगिरहनुपर्छ। चित्त मायाको अधीनमा आएपछि चित्त जीवको रुपमा मायाले प्राकृतिक योनिको कोखमा जन्म लिने हो।

यो पनि पढ्नुहोस

ध्यान साधनामा परमाणुतत्त्वको महत्त्व

यसरी अनेकौं दुःख, कष्टसहित जीव जन्तु र प्राणीहरुको रूपमा जन्म हुन्छ। विज्ञानले स्वचालित उपकरणहरुलाई नियन्त्रणमा लिएझैं मायाले जीवलाई ८४ लाख योनिमा घुमाइरहन्छ। सबै कर्मका भोगहरु मायाभित्र भोगिसकेपछि मात्र मनुष्य योनिमा आउने शास्त्रहरुमा उल्लेख छ। 

यहाँ भौतिक ग्रहण र आत्मिक ग्रहणको प्रसङ्गलाई जोड्न खोजेको हुँ। भौतिक ग्रहण अर्थात् सूर्य र चन्द्रमामा लाग्ने कालो टाटोरुपी ब्ल्याक होलले भयानक हानिकारक विकिरणहरु प्रकाशका रुपमा फाल्दो रहेछ। हाम्रो मृत्युपछिको ब्ल्याक होल वा ८४ लाख योनि कति दुःख, कष्ट र भययुक्त छ भनी अनुमान पनि गर्न सकिँदैन। यसको निवारण र विकल्प नै ध्यान साधना हो। ध्यान साधनामा कठिन रुपले तप्दै इन्द्रियभन्दा पारि इन्द्रियातीत अवस्था, जहाँ आकाररहित निराकार ज्ञानगङ्गाको आकाश मार्गमा रमण गर्न सक्ने सामर्थ्य भए चित्त ब्ल्याक होलमा भड्किनु पर्दैन, न त ८४ लाख योनिको नै भोग भोग्नुपर्छ। साधक चित्त निर्मल भएर निर्वाण पथ चुम्न सफल हुनेछ, त्यसपछि न जन्म हुन्छ, न त मृत्यु नै। जीव अजर अमर भएर रहनेछ। 

त्यसैले मित्रहरु! गहिरो ध्यानका बेला ज–जसले मनमा डरलाग्दो त्रास र भीमकाय अँध्यारो अर्थात् ब्ल्याक होल देख्नुभएको छ। उहाँहरु साँच्चै नै भाग्यमानी साधक हुनुहुन्छ। त्यो ब्ल्याक होललाई नडराईकन अबोध बालकले झैं टुलुटुलु हेर्दै जानुहोस्– ‘एक दिन पक्कै पनि तपाईंहरुको चित्त पूर्णतः निर्मल हुनेछ।’

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा मगर
लेखकबाट थप
ब्ल्याक होलबाटै हुन्छ चित्त निर्मल
के हो वर्णाश्रम? के हो वर्णसङ्कर?
ध्यान साधनामा परमाणुतत्त्वको महत्त्व
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्