काठमाडौं– आन्दोलरत शिक्षक र नेपाल सरकारबीच सिंहदरबारमा वार्ता सुरु भएको छ।
वार्तामा सरकारको तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राईलगायत सरकारी प्रतिनिधिहरू रहेका छन्।
आन्दोलनरत तर्फबाट शिक्षक महासंघका प्रतिनिधि र विभिन्न घटकका शिक्षक संगठनका प्रतिनिधिहरू रहेको वार्तामा सहभागी एक शिक्षक नेताले जानकारी दिए।
गत भदाै २७ गते संसद्मा संघीय शिक्षा विधेयक टेबुल भएसँगै शिक्षकहरु आन्दोलनमा छन्। असोज ३ गतेयता उनीहरु राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।