• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विद्यालय बन्द गरी काठमाडौं आएका शिक्षक भन्छन्- माग पूरा नहुँदासम्म आन्दोलन रोकिँदैन

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, असोज ३, २०८०  २०:३३
1140x725

काठमाडौं- विद्यालय शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा बुधबारबाट काठमाडौंमा बृहत् सडक आन्दोलन सुरु गरिएको छ। देशभरबाट शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन काठमाडौं आएका छन्।

महासंघले यसअघि नै विभिन्न २० वटा माग अघि सार्दै सडक आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो। सोही घोषणाअनुसार शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनमा उत्रिएका शिक्षकहरूले शिक्षामन्त्रीदेखि कानुनमन्त्रीसम्मको राजीनाको माग गरेका छन्। ‘शैक्षिक माफिया होसियार, ‘शिक्षक कर्मचारी एकता जिन्दावाद’, ‘विभेदकारी शिक्षा ऐन खारेज गर्’ लगायतका नारासहित उनीहरू सडक प्रदर्शनमा उत्रिएका छन्।

के भन्छन् आन्दोलनरत शिक्षकहरू?
सडकमा पूर्ण रुपमा सवारी अवागमन प्रभावित पार्दै शिक्षकहरू आन्दोलनमा छन्। बर्दघाट सुस्तापूर्व नवलपरासीबाट दुई दिन लगाएर आन्दोलनका लागि काठमाडौं आएका शिक्षक सुर्यप्रसाद पण्डितले नेपाल लाइभसँग भने, ‘यो शिक्षा विधेयक विभेदकारी छ। शिक्षकहरू समान रुपमा बराबर हुन्। कोही अस्थायी, कोही राहत आदि इत्यादीका नाममा वर्गीकरण गर्नु हुँदैन।’

त्यसैगरी सुदूरपश्चिम प्रदेश कञ्चनपुरबाट तीन दिन लगाएर आन्दोलन गर्न आएका हर्क बहादुर चन्दले विद्यालय शिक्षा विधेयक शिक्षकहरूको हितमा नभएको टिप्पणी गरे। उनले भने, ‘संसद्‌मा दर्ता भएको शिक्षा विधेयक शिक्षकको हितमा छैन। शिक्षकविरोधी विधेयकविरुद्ध हामी देशभरबाट आन्दोलनमा होमिएका छौं। पूर्व मेचीदेखि पश्चिम महाकालीका शिक्षकहरू शिक्षक महासंघको अगुवाइमा हामी आन्दोलनमा आएका छौं।’ उनले यसभन्दा अघि ३१ बुँदे र ५१ बुँदे सहमति सरकारसँग भएको भए पनि कार्यान्वयन नभएकाले अब वार्ताको कुनै औचित्य नभएको बताए। संसदमा टेबलका लागि दर्ता भएको विधेयकमा सचिव, शिक्षामन्त्रीहरूसँगको वार्ताको औचित्य नभएको उनको भनाइ छ। उनले आफ्नो मागहरू पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै तनहुँ जिल्ला भानु नगरपालिका वडा नम्बर १० जनजागृत माविका प्रधानाध्यापक भानु जोशीले विद्यालय शिक्षा विधेयकले शिक्षकमाथि विभेद गरेको टिप्पणी गरे। उनले भने, ‘सरकारले विद्यालय विधेयकमा शिक्षकमाथि विभिन्न खालका विभेदकारी नीति ल्याएकाले त्यसविरुद्ध हाम्रो आन्दोलन हो। यो विधेयक संसदमा दर्ता हुनुअगावै शिक्षक महासंघले सरकारसँग आफ्ना मागहरूबारे प्रष्ट ध्यानाकर्षण समेत गराएको थियो। तर सरकारले त्यसको अटेरी गरेर जबरजस्ती विधेयक ल्याउन खोजेको छ। शिक्षकहरू व्यापक रुपमा आन्दोलनमा आइसकेपछि यो आन्दोलन रोक्नका लागि मात्रै वार्ताको बाहना गरेको हो।’ उनले सरकारले समाधान चाहेको भए आन्दोलनकै बीचमा वार्ता समिति बनाएर आफ्ना माग पूरा गर्नुपर्ने बताए। 

नेपाल शिक्षक महासंघ स्याङ्जाका सदस्य मित्रलाल डोटेलले शिक्षा विधेयकले शिक्षकहरूबीच विभेद ल्याउन खोजेको आरोप लगाए। उनले भने, ‘विद्यालय बन्द गरेर आन्दोलनमा आउनु रहर होइन। हामी अन्यायमा परेपछि बाध्य भएर आन्दोलनमा आएका हौँ। यसअघि सरकारसँग सम्झौता भएका मागहरू पूरा भएनन्। त्यसैले यो हाम्रो बाध्यता हो।’ उनले ३० औँ वर्षसम्म निजी स्रोतबाट काम गरेर निस्कँदा  कुनै सुविधा नपाउनु निकै दुखद विषय भएको बताए। मर्न परे पनि विधेयक फिर्ता नभएसम्म आफूहरू पछि नहट्ने उनले बताए। 

आन्दोलनमा आएकी भोटेकोशी गाउँपालिकाकी शिक्षिका गोपिनी घतनीले भनिन, ‘विधेयक हामी शिक्षकको हितमा आएन।त्यसको खारेज गरेर नयाँ ल्याउनुपर्छ। देश हाक्ने नेतादेखि डाक्टर,इन्जिनियर, पाइलट उत्पादन गर्ने शिक्षकहरूमाथि अन्याय गरेर हुँदैन। त्यसैले हाम्रा मागहरू पूरा गर्नुको विकल्प छैन।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ललितपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै आएकी शिक्षिका तारा न्यौपाने पनि गोपिनी घतिनीसँग सहमत छिन्। उनी भन्छिन्, ‘राज्यले शिक्षकहरूमाथि अन्याय गरिरहेको छ। विद्यालय शिक्षाबाटै नेतादेखि कर्मचारीसम्मको उत्पाादन हुन्छ। तर तिनै शिक्षकहरूमाथि किन अन्याय हुँदैछ? कर्मचारी र शिक्षकलाई बराबर किन गर्न सक्दैन राज्य? राज्यलाई तहसनहस पार्नका लागि शिक्षा क्षेत्र नै तहसनहस पार्न खोजिँदैछ।’

उनले आन्दोलनमार्फत् विद्यार्थीहरूमा परेको मर्कालाई विदाको दिन पढाएर पनि क्षति व्यहोर्ने बताइन्।

शिक्षा मन्त्रालयले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले उठाएका मागहरू पूरा गर्न सकिने र त्यसका लागि वार्तामा आउन आह्वान गर्दा समेत देशभरबाट शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका हुन्।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्