• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विद्यालय बन्द गरी काठमाडौं आएका शिक्षक भन्छन्- माग पूरा नहुँदासम्म आन्दोलन रोकिँदैन

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, असोज ३, २०८०  २०:३३
1140x725

काठमाडौं- विद्यालय शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा बुधबारबाट काठमाडौंमा बृहत् सडक आन्दोलन सुरु गरिएको छ। देशभरबाट शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन काठमाडौं आएका छन्।

महासंघले यसअघि नै विभिन्न २० वटा माग अघि सार्दै सडक आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो। सोही घोषणाअनुसार शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनमा उत्रिएका शिक्षकहरूले शिक्षामन्त्रीदेखि कानुनमन्त्रीसम्मको राजीनाको माग गरेका छन्। ‘शैक्षिक माफिया होसियार, ‘शिक्षक कर्मचारी एकता जिन्दावाद’, ‘विभेदकारी शिक्षा ऐन खारेज गर्’ लगायतका नारासहित उनीहरू सडक प्रदर्शनमा उत्रिएका छन्।

के भन्छन् आन्दोलनरत शिक्षकहरू?
सडकमा पूर्ण रुपमा सवारी अवागमन प्रभावित पार्दै शिक्षकहरू आन्दोलनमा छन्। बर्दघाट सुस्तापूर्व नवलपरासीबाट दुई दिन लगाएर आन्दोलनका लागि काठमाडौं आएका शिक्षक सुर्यप्रसाद पण्डितले नेपाल लाइभसँग भने, ‘यो शिक्षा विधेयक विभेदकारी छ। शिक्षकहरू समान रुपमा बराबर हुन्। कोही अस्थायी, कोही राहत आदि इत्यादीका नाममा वर्गीकरण गर्नु हुँदैन।’

त्यसैगरी सुदूरपश्चिम प्रदेश कञ्चनपुरबाट तीन दिन लगाएर आन्दोलन गर्न आएका हर्क बहादुर चन्दले विद्यालय शिक्षा विधेयक शिक्षकहरूको हितमा नभएको टिप्पणी गरे। उनले भने, ‘संसद्‌मा दर्ता भएको शिक्षा विधेयक शिक्षकको हितमा छैन। शिक्षकविरोधी विधेयकविरुद्ध हामी देशभरबाट आन्दोलनमा होमिएका छौं। पूर्व मेचीदेखि पश्चिम महाकालीका शिक्षकहरू शिक्षक महासंघको अगुवाइमा हामी आन्दोलनमा आएका छौं।’ उनले यसभन्दा अघि ३१ बुँदे र ५१ बुँदे सहमति सरकारसँग भएको भए पनि कार्यान्वयन नभएकाले अब वार्ताको कुनै औचित्य नभएको बताए। संसदमा टेबलका लागि दर्ता भएको विधेयकमा सचिव, शिक्षामन्त्रीहरूसँगको वार्ताको औचित्य नभएको उनको भनाइ छ। उनले आफ्नो मागहरू पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताए।

Ncell 2
Ncell 2

त्यस्तै तनहुँ जिल्ला भानु नगरपालिका वडा नम्बर १० जनजागृत माविका प्रधानाध्यापक भानु जोशीले विद्यालय शिक्षा विधेयकले शिक्षकमाथि विभेद गरेको टिप्पणी गरे। उनले भने, ‘सरकारले विद्यालय विधेयकमा शिक्षकमाथि विभिन्न खालका विभेदकारी नीति ल्याएकाले त्यसविरुद्ध हाम्रो आन्दोलन हो। यो विधेयक संसदमा दर्ता हुनुअगावै शिक्षक महासंघले सरकारसँग आफ्ना मागहरूबारे प्रष्ट ध्यानाकर्षण समेत गराएको थियो। तर सरकारले त्यसको अटेरी गरेर जबरजस्ती विधेयक ल्याउन खोजेको छ। शिक्षकहरू व्यापक रुपमा आन्दोलनमा आइसकेपछि यो आन्दोलन रोक्नका लागि मात्रै वार्ताको बाहना गरेको हो।’ उनले सरकारले समाधान चाहेको भए आन्दोलनकै बीचमा वार्ता समिति बनाएर आफ्ना माग पूरा गर्नुपर्ने बताए। 

नेपाल शिक्षक महासंघ स्याङ्जाका सदस्य मित्रलाल डोटेलले शिक्षा विधेयकले शिक्षकहरूबीच विभेद ल्याउन खोजेको आरोप लगाए। उनले भने, ‘विद्यालय बन्द गरेर आन्दोलनमा आउनु रहर होइन। हामी अन्यायमा परेपछि बाध्य भएर आन्दोलनमा आएका हौँ। यसअघि सरकारसँग सम्झौता भएका मागहरू पूरा भएनन्। त्यसैले यो हाम्रो बाध्यता हो।’ उनले ३० औँ वर्षसम्म निजी स्रोतबाट काम गरेर निस्कँदा  कुनै सुविधा नपाउनु निकै दुखद विषय भएको बताए। मर्न परे पनि विधेयक फिर्ता नभएसम्म आफूहरू पछि नहट्ने उनले बताए। 

आन्दोलनमा आएकी भोटेकोशी गाउँपालिकाकी शिक्षिका गोपिनी घतनीले भनिन, ‘विधेयक हामी शिक्षकको हितमा आएन।त्यसको खारेज गरेर नयाँ ल्याउनुपर्छ। देश हाक्ने नेतादेखि डाक्टर,इन्जिनियर, पाइलट उत्पादन गर्ने शिक्षकहरूमाथि अन्याय गरेर हुँदैन। त्यसैले हाम्रा मागहरू पूरा गर्नुको विकल्प छैन।’

ललितपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै आएकी शिक्षिका तारा न्यौपाने पनि गोपिनी घतिनीसँग सहमत छिन्। उनी भन्छिन्, ‘राज्यले शिक्षकहरूमाथि अन्याय गरिरहेको छ। विद्यालय शिक्षाबाटै नेतादेखि कर्मचारीसम्मको उत्पाादन हुन्छ। तर तिनै शिक्षकहरूमाथि किन अन्याय हुँदैछ? कर्मचारी र शिक्षकलाई बराबर किन गर्न सक्दैन राज्य? राज्यलाई तहसनहस पार्नका लागि शिक्षा क्षेत्र नै तहसनहस पार्न खोजिँदैछ।’

उनले आन्दोलनमार्फत् विद्यार्थीहरूमा परेको मर्कालाई विदाको दिन पढाएर पनि क्षति व्यहोर्ने बताइन्।

शिक्षा मन्त्रालयले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले उठाएका मागहरू पूरा गर्न सकिने र त्यसका लागि वार्तामा आउन आह्वान गर्दा समेत देशभरबाट शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका हुन्।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
स्वास्थ्यका पूर्व मन्त्रीहरुको चुनावी मैदानमा: को कहाँ? स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका विभिन्न दलका प्रभावशाली नेताहरू यसपटक नयाँ र पुराना क्षेत्रमा आफ्नो भाग्य परीक्षण गर्द... बुधबार, माघ ७, २०८२
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता... बुधबार, माघ ७, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी सोमबार दिनभरि छलफल गर्दा पनि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाहीले तेस्रोपटक पनि आफैं उम्मेदवार हुने भनेर मनोनयन दर्ता गरेपछि आफ... मंगलबार, माघ ६, २०८२
ताजा समाचारसबै
हातहतियार बुझाउन बैतडी प्रशासनको निर्देशन बुधबार, माघ ७, २०८२
स्वास्थ्यका पूर्व मन्त्रीहरुको चुनावी मैदानमा: को कहाँ? बुधबार, माघ ७, २०८२
४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम बुधबार, माघ ७, २०८२
यस्तो रहनेछ देशभरको मौसम बुधबार, माघ ७, २०८२
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
काँग्रेस विवाद : सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्