• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकार खोज्दैछ मुसा मार्ने बिरालो

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २२, २०७५  ०२:२६
1140x725

सरोकारवालाका माग सम्बोधन गर्न नसक्दा दुई तिहाईको वर्तमान सरकार लोकप्रियता मात्र गुमाउँदै छैन, बहुमतको बलमा अधिनायकवाद लाद्न खोजेको आरोप समेत खेप्दैछ।

एक मात्र होइन, अनेक विषयमा सरकारले समयमा उचित निर्णय लिन सकेको छैन। यसको पछिल्लो उदाहरण हो – चिकित्सकको आन्दोलन। भदौ १ बाट लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा भएका केही व्यवस्था संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनरत छन्।

एक वर्षअघि संसद्'बाट पास भएका यी ऐनले पुरानो मुलुकी ऐनलाई विस्थापन गरेका छन्। सरोकारवालाको बीचमा छलफल नभई संसद्'बाट पास भएको भनिएका यी ऐनका कतिपय विषय तत्काल परिवर्तन गर्नु आवश्यक देखिएको छ। यसका लागि सरकारले उचित पहल गनुपर्छ। तर, ऐन लागू भएपछि सरोकारवालाले अगाडि सारेको विचारलाई सरकारले लामो समय सुन्ने जाँगर नै गरेन। 

उपचारको क्रममा चिकित्सकबाट हुने लापरबाहीका विषयमा ऐनले गरेको व्यवस्थाले बिरामीको उपचार गर्न नसकिने चिकित्सहरुको तर्क छ। आइतबार ६ हजार चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा चिकित्सक अनुमतिपत्र बुझाएर काम नगर्ने सन्देश दिए। काउन्सिलले लिने परीक्षा पास गरेपछि पाइने यस्तो अनुमतिपत्र बिना बिरामीको उपचार गर्न पाइँदैन। चिकित्सकको आन्दोलन एक्कासी भएको होइन। उनीहरुले नयाँ ऐनको प्रावधानमा बसेर काम गर्न नसक्ने भन्दै आन्दोलनको संकेत पहिल्यै दिइसकेका थिए। चिकित्सकले दिएको असहज वातावरणको संकेतलाई सरकारले समयमा बुझ्न सकेन।

सबै सेवा बन्द गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि मात्र सरकारले उनीहरुको कुरा सुन्यो। सबै अस्पतालमा सेवा बन्द भएपछि आम जनताले सास्ती खेपे। दूर-दराजबाट उपचारका लागि आएका कतिपय सर्वसाधारणले सरकारलाई धारे हात लगाए, भने कतिले चिकित्सकलाई गाली गर्दै उपचार नै नगरी घर फर्के। यो अवस्थाको सिर्जना सरकारकै कारण भएको हो।

यसअघि अनसनरत डा. गोविन्द केसीको मागका विषयमा पनि सरकारले यस्तै खालको व्यवहार देखाएको थियो। स्वास्थ्य क्षेत्रमा आम जनताको पहुँच स्थापना गर्न र मेडिकल शिक्षा व्यवस्थापनको माग गर्दै डा. केसीले पटक-पटक अनसन बसेको विषयमा आम जनता समेत जानकार छन्। सरकारमा रहनेले त थाहा नपाउने कुरै भएन। उनको माग सम्बोधन गर्नुपर्छ भन्ने चेत सरकार चलाउनेमा भएको भए कर्णाली विज्ञान प्रतिष्ठानमै गएर वार्ता अगाडि बढाउनु पर्थ्यो।

चौतर्फी आलोचना भएपछि सरकार डा. केसीसँग जसरी भएपनि सहमति जुटाउने बाटोमा अघि बढ्यो। यसको जिम्मा पूर्व सभामुख सुवास नेम्वाङले लिए। अनसन बसेको २७औं दिनमा सरकारले डा. कसीसँग सहमति गर्‍यो। यति कामका लागि २७ दिन पर्खनुपर्ने थिएन। उनलाई अनसन बस्नै नदिने वातावरण सरकारले बनाउन सक्नुपर्थ्यो।

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा पनि सरकारले यही रवैया देखायो। बालिकको हत्यापछि सरकारले तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्थ्याे। घटनाको गम्भीरतालाई ध्यानमा राखेर सरकारका कुनै मन्त्री तत्काल घटना स्थलमा जानुपर्थ्याे। सबै प्रमाण नष्ट भएपछि प्रधानमन्त्रीले छानबिन प्रभावकारी बनाउन दिएको निर्देशन घटना सार्वजनिक हुनासाथ दिनुपर्थ्याे। यति गरेको भए हिंसा भड्कने थिएन, सर्वसाधारणको ज्यान जाने थिएन । र, सरकारको आलोचना पनि हुने थिएन।

nimb
nimb
Ncell 2
Ncell 2

अर्को उदाहरण पनि हेरौं र बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा आयोजना गर्नुपर्छ भन्ने सरकारलाई दुई महिना पहिला नै थाहा थियो। भदौमै सम्मेलन गर्नुपर्छ भन्ने थाहा पाएपछि काठमाडौंका सडक मर्मत-सम्भारमा लाग्नुपर्थ्याे। आम जनताको सुविधाका लागि यस्ता सम्मेलन नआए पनि सडक मर्मत-सम्भारको काम गर्नु आवश्यक छ। सरकारले हाम्रो सुविधालाई त ख्याल गरेन नै, विदेशीलाई देखाउन गर्ने मर्मत-सम्भारको काम दुई महिना पहिलादेखि गरेको भए आम जनता वर्षाको समयमा सहज बाटोमा हिंड्न पाउँथे। र, सरकारलाई धन्यवाद दिन पाउँथे। 

सरकारले समयमा काम नगरेका उदाहरण धेरै छन्। हरेक क्षेत्रमा लगनपछिको पोते बोकेर हिंड्न थालेको यो सरकारसँग जनतालाई सुविधा दिने विषयको सूची पहिलो प्राथमिकतामा छैन जस्तो देखिन्छ। यस्तो अर्थ लगाउने अवस्था पनि सरकारका क्रियाकलापका कारण आएको हो। समयमा काम गरेको भए सरकारको आलोचना हुने थिएन। जसले गर्दा सरकारलाई आम जनताले अभिभावकको रुपमा ग्रहण गर्ने अवस्था आउँथ्यो।

सरकार जनताको अभिभावक हो। निर्वाचनको माध्यमबाट जनप्रतिनिधिले बनाएको सरकार जनताको सेवक हुनुपर्छ। लोकतन्त्रमा सरकारले जनताको भावनालाई आत्मसात गर्न सक्नुपर्छ। यसो भएन भने आम जनताले सरकारलाई फरक दृष्टिले हेर्छन्। अर्थात् सरकार हाम्रो भलो चाहँदैन भन्ने भावनाको विकास आम जनतामा हुन जान्छ।

प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा अगाडि सारेका छन्। उनको धेरैजसो व्यवहार यो दिशामा केन्द्रित भएको देखिंदैन। आम जनतालाई सुखी बनाउन जनताले पाउने सेवा र सुविधामा वृद्धि गर्नुपर्छ। सरकारले आफूलाई अभिभावको रुपमा प्रस्तुत गर्न सक्नुपर्छ। यो विषयमा केही लेखिरहँदा बाजुरामा खाद्यान्न अभाव भएको समाचार आएको छ। चाडबाडको सुरुमा खाद्य संस्थानको डिपोमा चामल सकिएको छ। नयाँ ढुवानीको टेन्डर भएको छैन। चाडबाडको संघारमा एक छाक भात समेत खान पाएनन् भने बाजुराका जनताले प्रधानमन्त्रीको समृद्धिको नारामा विश्वास गर्लान्? प्रश्न यस्तै साना-साना विषयबाट आउने हो। सरकारको परीक्षा पनि यस्तै साना-साना विषयबाट नै हुने हो।

बाजुराका सर्वसाधारणले पाउने सुविधाले सरकारको लोकप्रियता निर्धारण गर्छ। सरकारले दिने सुविधामा सुधार भयो भने केही हुँदैछ भन्ने विश्वास गर्ने आधार बन्न सक्छ। तर, यस्तो सुविधाको स्तर कमजोर हुँदै गयो भने सरकारी संयन्त्रले काम गरेन भन्ने अर्थ लगाउन सकिन्छ। 

काठमाडौंको नागढुंगाबाट कलंकीसम्मको सडक पिच गर्न कति समय लाग्ला? विदेशमा हुने हो भने यति छोटो दूरीको बाटो एक रातमा पिच गरेर सकिन्छ। हामीले त्यति समयमा काम गर्न सकेनौं। विश्व बैंकले अगाडि सारेको ओटासिल प्रविधिको प्रयोग गर्ने हो भने केही हप्तामा त्यो सडकलाई अस्थाई पिच गर्न सकिन्छ। अर्थात् ओटासिल मात्रै गर्ने हो भने पनि धुलो र हिलोबाट आम जनतालाई बचाउन सकिन्छ। यति सानो काम सरकारले पाँच महिनामा पनि गर्न सकेन।

भाषण गर्न सजिलो हुन्छ। ओली नेतृत्वको ऐतिहासिक सरकार अर्थात् २०१६ सालको निर्वाचनपछि विपी कोइरालाको नेतृत्वमा बनेको सरकारपछि उच्च जनमत यो सरकारलाई छ । तर पनि सरकारले समयमा काम गर्न सकेको छैन। आम जनताका सामान्य भन्दा सामान्य समस्या समयमा समाधान हुन सकेका छैनन् ।वर्तमान सरकारले केही दिनमै गर्न सकिने केही काम बल्लतल्ल ६ महिनामा गरेर अरु सबै समय खेर फालेको छ। 

सरकारमा बस्नेलाई सामान्य लाग्ने कतिपय काम आम जनताका लागि निकै महत्वका हुन्छन्। यस्ता कामले जनताको विश्वास आर्जन गर्न सकिन्छ । आम जनताको विश्वास सरकारका लागि सबैभन्दा ठूलो नैतिक बल हो। आम जनताले सरकारलाई विश्वास गर्न सकेनन् भने यस्को विकल्प खोज्न थाल्छन्। अहिलेका लागि यस्तो विकल्प भनेको वैदेशिक रोजगारीमा जानेमात्र हाे। याे संख्या अहिले बढ्काे छ। देशमा अवसरको सिर्जना हुन्छ अर्थात् सरकारले अवसरको वातावरण बनाउँदैछ भन्ने विश्वास नभएपछि विकल्पका रुपमा विदेश जानेको संख्या बढ्छ। यसले ‘ब्रेन ड्रेन’को समस्यालाई झन् बढाएर लैजान्छ।

चीनमा एउटा उदाहरण निकै लाेकप्रिय छ, ‘बिरालो कालो वा सेतो, जस्तो भएपनि मुसा मार्नुपर्छ।’ पछिल्लो समय चिनियाँहरुले बिरालोले मुसा मारेर मात्र हुँदैन भन्न थालेका छन्। उनीहरुको तर्क छ, ‘समयमा मुसा मार्छ कि मार्दैन।’ अर्थात् हरेक काम समयमा हुनु नै प्रगतिको संकेत हो, पद्धतिले काम गरेको संकेत हो। तर, लगनपछि पोते बोकेर हिंड्ने नेपालीका लागि भने समयमै मुसा मार्ने बिरालोको खोजी जारी नै छ। 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०७५  ०२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर
कुन कुन राजमार्ग अवरुद्ध छन्?
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, वैशाख १९, २०८३
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्