काठमाडौं– मौलिक हकसम्बन्धी सात वटा विधेयकमा रहेका व्यवस्था संशोधन हुनुपर्ने माग गर्दै सभामुख कृष्णबहादुर महरालाई ध्यानाकर्षण गराइएको छ।
मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको जुरी नेपालले सभामुखकाे ध्यानकर्षण गराएकाे हाे। वैयक्तिक गोपनियताको हक, रोजगारीको हक र खाद्य तथा खाद्य सम्प्रभुता सम्बन्धी व्यवस्था संशाेधनकाे माग गर्दै ध्यानाकर्षण गराएकाे हाे। यसैगरी, जातीय भेदभाव तथा छुवाछुत, अनिवार्य तथा निःशुल्क शिक्षा, बालबालिका र भुमिसम्बन्धी विधेयकमा रहेका व्यवस्था संशोधन हुनुपर्ने भन्दै सुझाव बुझाएका हुन्।
नेपालले पहिलो पटक मौलिक हक सम्बन्धी कानुन निर्माण गर्न लागेकाले यस्ता कानुन बनाउँदा अन्तराष्ट्रिय अभ्यासकाे समेत अध्ययन गरी प्रर्याप्त छलफल गर्न पनि उनीहरूले सभामुखको ध्यानाकर्षण गराएका छन्।
विभिन्न सरोकारवाला समूहसँगको छलफलपछि उक्त संस्थाले पारित हुने क्रममा रहेका विधेयकमाथि सुझाव दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।