• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गोर्कीको प्रसिद्ध रचना ‘व्यक्तित्वको विघटन’ नेपालीमा

64x64
नेपाल लाइभ सोमबार, असोज १, २०८०  ११:३१
1140x725

काठमाडौं– विश्वविख्यात साहित्यकार माक्सिम गोर्कीको रचना ‘द डिसइन्टिग्रेसन अफ पर्सनालिटी’को नेपाली अनुवाद ‘व्यक्तित्वको विघटन’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ। निनु चापागाईंद्वारा अनूदित पुस्तकका बारेमा समीक्षक–समालोचकहरुले शनिबारै विशद् परिचर्चा पनि गरे।

‘इतिहासका निर्माता जनता हुन् भन्ने माक्र्सवादको प्रस्थापनालाई पुष्टि गर्ने गरी यो पुस्तकले दर्शन, सौन्दर्यशास्त्र, ज्ञान, काव्य, कलाका सम्पूर्ण उपलब्धिहरुको स्रोत जनता नै हुन् भन्ने उदाहरणहरु पेश गरेको छ,’ पुस्तकबारे बोल्दै माक्र्सवादी समालोचक मोहन वैद्य ‘किरण’ले भने, ‘आदिम साम्यवाद अर्थात् जनता (सामूहिकता) प्रधान भएको युग, शोषणमूलक व्यवस्थाहरु अर्थात् व्यक्तिप्रधान हुने युग र समष्टि प्रधान हुने समाज अर्थात् समाजवाद हुँदै साम्यवादतिर जाने प्रक्रिया – यी प्रक्रिया के–कसरी विकास हुँदै आए भन्ने बुझ्न यो रचना अत्यन्त महत्त्वपूर्ण छ ।’

पुँजीवादी युग व्यक्तिवादको चरम उत्कर्षको समय भएको र त्यसको विघटनले समष्टि निर्णायक हुने समाजवादी व्यवस्थातिर लैजान्छ भन्ने विचारलाई सुन्दर ढंगले पुस्तकमा विवेचना गरिएको पनि किरणले उल्लेख गरे।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका किरणले परिचर्चा कार्यक्रममा अनुवादक निनु चापागाईंको व्यक्तित्व र अनुवादको प्रशंसा गर्दै अगाडि भने, ‘निनुजी राजनीति, समालोचना, सौन्दर्यचिन्तन, सम्पादन र अनुवादका क्षेत्रमा निरन्तर सक्रिय र यी क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आउनुभएका एकजना बहुआयामिक व्यक्तित्व हुनुहुन्छ।

विशेषतः अनुवादमा उहाँले ध्यान किन दिइरहेको देखिन्छ भने दुनियाँ बुझ्ने र बदल्ने काममा लागेका मानिसहरुका लागि संसारका उत्कृष्ट बौद्धिक खुराकहरु जरुरी हुन्छन्, तर भाषाका कारण सबै पाठकको त्यस्ता सामाग्रीमा पहुँच हुँदैन। उहाँको अनुवादले त्यस्ता महत्त्वपूर्ण खुराक पाठकहरुले सहज रुपमा पाएका छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

लेखक तथा सांस्कृतिक अध्येता भोगीराज चाम्लिङले गोर्कीको प्रस्तुत रचनाले मानव सभ्यताको आदिमकाल कसरी सामूहिक थियो भन्ने उदाहरणहरु पेश गर्दै त्यसलाई सैद्धान्तिकृत गरेको चर्चा गरे । चाम्लिङले सबैतिरको आदिम समाजमा गाथाहरु, कविताहरु, विश्वासहरु सबै सामूहिक थिए भन्ने पुष्टि हुने बताउँदै भने, ‘गोर्कीको यो किताब पढ्दै गर्दा म हाम्रो किराती समाजको आदिम युगमा पुगें, मुन्दुम अध्ययन गर्दा थाहा लाग्छ– हाम्रो किराती समाज पनि जति पुरानोतिर गयो, त्यति सामूहिक प्रणालीमा थियो भन्ने नै पुष्टि हुन्छ।’ व्यक्तिको उदय धेरैपछि मात्रै हुन थालेको मुन्दुम अध्ययनले पनि थाहा दिने चाम्लिङले उल्लेख गरे। यो पुस्तक अंग्रेजीमा धेरै वर्षअघि पढ्दा केही नबुझेको तर अहिले पढ्दा भने आफ्नै समाजको विकासक्रमको कथा पढेजस्तो सरल लागेको उनले बताए।

आजको विकृत पुँजीवादी समाजलाई बुझ्न र बदल्नका लागि गोर्कीको ‘व्यक्तित्वको विघटन’ पुस्तक निकै उपयोगी र सान्दर्भिक रहेको अधिवक्ता तथा लेखक करुणा पराजुलीले चर्चा गरिन् । ‘आजको पुँजीवादी व्यवस्थाले मानवलाई मानवका रुपमा व्यवहार गर्दैन, मुनाफा कमाउने कच्चापदार्थका रुपमा व्यवहार गर्छ,’ पराजुलीले भनिन्, ‘हिजो पनि पुँजीवादको मूल चरित्र त्यही थियो, आज पनि पुँजीवादको चरित्र उही छ अर्थात् नाफा, नाफा र फेरि पनि नाफा ! तसर्थ, आजभन्दा सय वर्षअघि रुसमा बसेर लेखिएको भए पनि यो रचनाले आजको नेपाली समाजको चरित्रलाई पनि गजबले उद्घाटन गरिदिन्छ। त्यसकारण, सामाजिक रुपान्तरणको अभियानमा लागेका, क्रान्तिका पक्षधर जोकोहीले पनि यो किताब पढ्नु अनिवार्य छ।’

पुस्तकका अनुवादक तथा माक्र्सवादी समालोचक निनु चापागाईंले विख्यात साहित्यकार गोर्कीसँग आफू स्कुले उमेरदेखि नै परिचित भएको र राल्फाकालमा गोर्कीका १०–११ वटा कथा अनुवाद गरेको स्मरण गरे। ‘मैले अनुवाद गरेका कथाको हस्तलिखित पाण्डुलिपि केही साथीले पढ्न भनेर लैजानुभएको थियो, कहिल्यै फिर्ता आएन’, चापागाईंले भने, ‘पछि त ती कथा त्यसरी लैजाने साथीमध्येले आफ्नै नाम अनुवादक राखेर प्रकाशित पनि गर्नुभयो ।’ चापागाईंले गोर्कीको ‘साहित्यबारे’ (अन लिटरेचर) भन्ने पुस्तकमा संकलित रचनाहरुमध्ये अधिकांश आफूले यसअघि नै अनुवाद गरिसकेको पनि स्मरण गरे। ‘गोर्कीको अरु रचनाभन्दा जटिल र दार्शनिक प्रकृतिको रचना हो, ‘व्यक्तित्वको विघटन’,’ अनुवादक चापागाईंले अनुवादको रचनागर्भ सुनाउँदै भने, ‘गाह्रो रचना भएकाले मैले केही समय जाँगर पनि चलाइनँ। तर, यो रचना नेपाली पाठकले पनि पढ्नैपर्ने र छाप्नैपर्ने खालको हो भन्ने लागिरह्यो । तसर्थ, मैले पछि फेरि यसमा काम गर्न थालें। अनुवादको काम सकिएको पनि दुई वर्षजति पछि यो पुस्तक अहिले पाठकबीच आइपुगेको छ।’

Xtrem
Xtrem

विमोचन तथा परिचर्चा कार्यक्रम निबन्धकार तथा समीक्षक गुरुङ सुशान्तले सञ्चालन गरेका थिए। ‘व्यक्तित्वको विघटन’ पुस्तकलाई बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो। बेलाले यसअघि चापागाईंकै अनुवादमा ‘गीताको गाँठोः भगवत्गीताबारे यथार्थवादी विमर्श’ पुस्तक पनि प्रकाशित छ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश
सम्बन्धित सामग्री
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्