• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गोर्कीको प्रसिद्ध रचना ‘व्यक्तित्वको विघटन’ नेपालीमा

64x64
नेपाल लाइभ सोमबार, असोज १, २०८०  ११:३१
1140x725

काठमाडौं– विश्वविख्यात साहित्यकार माक्सिम गोर्कीको रचना ‘द डिसइन्टिग्रेसन अफ पर्सनालिटी’को नेपाली अनुवाद ‘व्यक्तित्वको विघटन’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ। निनु चापागाईंद्वारा अनूदित पुस्तकका बारेमा समीक्षक–समालोचकहरुले शनिबारै विशद् परिचर्चा पनि गरे।

‘इतिहासका निर्माता जनता हुन् भन्ने माक्र्सवादको प्रस्थापनालाई पुष्टि गर्ने गरी यो पुस्तकले दर्शन, सौन्दर्यशास्त्र, ज्ञान, काव्य, कलाका सम्पूर्ण उपलब्धिहरुको स्रोत जनता नै हुन् भन्ने उदाहरणहरु पेश गरेको छ,’ पुस्तकबारे बोल्दै माक्र्सवादी समालोचक मोहन वैद्य ‘किरण’ले भने, ‘आदिम साम्यवाद अर्थात् जनता (सामूहिकता) प्रधान भएको युग, शोषणमूलक व्यवस्थाहरु अर्थात् व्यक्तिप्रधान हुने युग र समष्टि प्रधान हुने समाज अर्थात् समाजवाद हुँदै साम्यवादतिर जाने प्रक्रिया – यी प्रक्रिया के–कसरी विकास हुँदै आए भन्ने बुझ्न यो रचना अत्यन्त महत्त्वपूर्ण छ ।’

पुँजीवादी युग व्यक्तिवादको चरम उत्कर्षको समय भएको र त्यसको विघटनले समष्टि निर्णायक हुने समाजवादी व्यवस्थातिर लैजान्छ भन्ने विचारलाई सुन्दर ढंगले पुस्तकमा विवेचना गरिएको पनि किरणले उल्लेख गरे।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका किरणले परिचर्चा कार्यक्रममा अनुवादक निनु चापागाईंको व्यक्तित्व र अनुवादको प्रशंसा गर्दै अगाडि भने, ‘निनुजी राजनीति, समालोचना, सौन्दर्यचिन्तन, सम्पादन र अनुवादका क्षेत्रमा निरन्तर सक्रिय र यी क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आउनुभएका एकजना बहुआयामिक व्यक्तित्व हुनुहुन्छ।

विशेषतः अनुवादमा उहाँले ध्यान किन दिइरहेको देखिन्छ भने दुनियाँ बुझ्ने र बदल्ने काममा लागेका मानिसहरुका लागि संसारका उत्कृष्ट बौद्धिक खुराकहरु जरुरी हुन्छन्, तर भाषाका कारण सबै पाठकको त्यस्ता सामाग्रीमा पहुँच हुँदैन। उहाँको अनुवादले त्यस्ता महत्त्वपूर्ण खुराक पाठकहरुले सहज रुपमा पाएका छन्।’

Ncell 2
Ncell 2

लेखक तथा सांस्कृतिक अध्येता भोगीराज चाम्लिङले गोर्कीको प्रस्तुत रचनाले मानव सभ्यताको आदिमकाल कसरी सामूहिक थियो भन्ने उदाहरणहरु पेश गर्दै त्यसलाई सैद्धान्तिकृत गरेको चर्चा गरे । चाम्लिङले सबैतिरको आदिम समाजमा गाथाहरु, कविताहरु, विश्वासहरु सबै सामूहिक थिए भन्ने पुष्टि हुने बताउँदै भने, ‘गोर्कीको यो किताब पढ्दै गर्दा म हाम्रो किराती समाजको आदिम युगमा पुगें, मुन्दुम अध्ययन गर्दा थाहा लाग्छ– हाम्रो किराती समाज पनि जति पुरानोतिर गयो, त्यति सामूहिक प्रणालीमा थियो भन्ने नै पुष्टि हुन्छ।’ व्यक्तिको उदय धेरैपछि मात्रै हुन थालेको मुन्दुम अध्ययनले पनि थाहा दिने चाम्लिङले उल्लेख गरे। यो पुस्तक अंग्रेजीमा धेरै वर्षअघि पढ्दा केही नबुझेको तर अहिले पढ्दा भने आफ्नै समाजको विकासक्रमको कथा पढेजस्तो सरल लागेको उनले बताए।

आजको विकृत पुँजीवादी समाजलाई बुझ्न र बदल्नका लागि गोर्कीको ‘व्यक्तित्वको विघटन’ पुस्तक निकै उपयोगी र सान्दर्भिक रहेको अधिवक्ता तथा लेखक करुणा पराजुलीले चर्चा गरिन् । ‘आजको पुँजीवादी व्यवस्थाले मानवलाई मानवका रुपमा व्यवहार गर्दैन, मुनाफा कमाउने कच्चापदार्थका रुपमा व्यवहार गर्छ,’ पराजुलीले भनिन्, ‘हिजो पनि पुँजीवादको मूल चरित्र त्यही थियो, आज पनि पुँजीवादको चरित्र उही छ अर्थात् नाफा, नाफा र फेरि पनि नाफा ! तसर्थ, आजभन्दा सय वर्षअघि रुसमा बसेर लेखिएको भए पनि यो रचनाले आजको नेपाली समाजको चरित्रलाई पनि गजबले उद्घाटन गरिदिन्छ। त्यसकारण, सामाजिक रुपान्तरणको अभियानमा लागेका, क्रान्तिका पक्षधर जोकोहीले पनि यो किताब पढ्नु अनिवार्य छ।’

पुस्तकका अनुवादक तथा माक्र्सवादी समालोचक निनु चापागाईंले विख्यात साहित्यकार गोर्कीसँग आफू स्कुले उमेरदेखि नै परिचित भएको र राल्फाकालमा गोर्कीका १०–११ वटा कथा अनुवाद गरेको स्मरण गरे। ‘मैले अनुवाद गरेका कथाको हस्तलिखित पाण्डुलिपि केही साथीले पढ्न भनेर लैजानुभएको थियो, कहिल्यै फिर्ता आएन’, चापागाईंले भने, ‘पछि त ती कथा त्यसरी लैजाने साथीमध्येले आफ्नै नाम अनुवादक राखेर प्रकाशित पनि गर्नुभयो ।’ चापागाईंले गोर्कीको ‘साहित्यबारे’ (अन लिटरेचर) भन्ने पुस्तकमा संकलित रचनाहरुमध्ये अधिकांश आफूले यसअघि नै अनुवाद गरिसकेको पनि स्मरण गरे। ‘गोर्कीको अरु रचनाभन्दा जटिल र दार्शनिक प्रकृतिको रचना हो, ‘व्यक्तित्वको विघटन’,’ अनुवादक चापागाईंले अनुवादको रचनागर्भ सुनाउँदै भने, ‘गाह्रो रचना भएकाले मैले केही समय जाँगर पनि चलाइनँ। तर, यो रचना नेपाली पाठकले पनि पढ्नैपर्ने र छाप्नैपर्ने खालको हो भन्ने लागिरह्यो । तसर्थ, मैले पछि फेरि यसमा काम गर्न थालें। अनुवादको काम सकिएको पनि दुई वर्षजति पछि यो पुस्तक अहिले पाठकबीच आइपुगेको छ।’

विमोचन तथा परिचर्चा कार्यक्रम निबन्धकार तथा समीक्षक गुरुङ सुशान्तले सञ्चालन गरेका थिए। ‘व्यक्तित्वको विघटन’ पुस्तकलाई बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो। बेलाले यसअघि चापागाईंकै अनुवादमा ‘गीताको गाँठोः भगवत्गीताबारे यथार्थवादी विमर्श’ पुस्तक पनि प्रकाशित छ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ)
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आइतबार, पुस १३, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ) आइतबार, पुस १३, २०८२
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्