काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी लाइसेन्स वितरण गर्दा ट्रायल पास गराएर घुस लिएको अभियोगमा यातायात व्यवस्था कार्यालय ठूलो भर्याङ काठमाडौंका २ कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले ट्रायल परीक्षा उत्तीर्ण गरेकासँग घुस लिएको अभियोगमा यातायात कार्यालयका सह–लेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक(निजी) नारायण श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको हो।
२६ जना परीक्षार्थीहरुबाट राजश्व रकम बाहेक थप रकम लिएको अभियोगमा उनीहरु विरुद्ध आज विशेष अदालतमा अभियोग पत्र दायर भएको छ।
सेवाग्राहीसँग १६ हजार रुपैयाँ अतिरिक्त रकम लिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।
अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनीहरुसँग विगो, सोही बराबरको जरिवाना र कैद सजाय गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।