काठमाडौं– सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुको विकल्प नरहेको बताएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताए।
उनले शान्ति प्रक्रिया एक हिसावमा सफल भइसके पनि निष्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गरे। उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौं भनेर विश्व समुदायलाई अपिल गर्ने काम मुख्य प्राथमिकतामा रहेको बताए।
शान्ति प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पु¥याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको उनको भनाइ छ। उनले खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।