एजेन्सी- भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६४० जना विस्थापित भएका छन्।
बाढीले करिब ५ हजार घरमा क्षति पुर्यएको र खानेपानी, विद्युत र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको बताइएको छ। प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएको बताइएको छ।
बाढीले अहिलेसम्म ५ हजार ५ सय जनाको मृत्यु भएकाे पुष्टि भएकाे छ। बाढीमा करिब २० हजार मानिसकाे मृत्यु भएकाे हुनसक्ने अनुमान गरिएकाे छ।
आधिकारिक सरकारी तथ्यांक अनुसार १० हजार मानिस बेपत्ता भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।