• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

होसियार, पर्चाले ठग्ला!

64x64
नेपाल लाइभ बिहीबार, भदौ २१, २०७५  १०:३६
1140x725

काठमाडौं–“कर्मचारी तु. चाहियो। शतप्रतिशत रोजगारीको ग्यारेन्टी। घरमै बसेर पनि काम गर्न सकिने। पढे/नपढेका सबैलाई अवसर। न्यूनतम १७ हजारदेखि अधिकतम ४० हजार रुपैयाँसम्म तलब।” 

रोजगारीको खोजीमा भौंतारिइरहेका रामेछाप दोरम्बाका उमेश घिसिङलाई रोजगारीको ग्यारेन्टी गरिएको यस्तो पर्चाले निकै आकर्षित गर्‍यो। १७ हजारदेखि ४० हजारसम्म कमाई हुने लोभले उनी फोन नम्बर पछ्याउँदै ‘रोजगारदाता’ को कार्यालयसम्म पुगे।

कार्यालयमा उनलाई २ सय रुपैयाँको फर्म भर्न लगाइयो । ३ हजार सर्भिस चार्ज समेत जोडेर उनीसँग ३२ सय रुपैयाँ असुलियो। तर, आकर्षक तलबको लोभले उमेशलाई यो रकम केही जस्तो लागेन।

उनलाई मार्केटिङको काम लगाइयो। उनले एक महिना काम गरे, तर पर्चामा उल्लेख भएअनुसार कमाई भएन। महिना मर्‍यो तलब पाएनन्। बल्ल थाहा भयो– उनी ठगिइसकेका रहेछन्।

“विना अन्तर्वार्ता सतप्रतिशत रोजगारीको ग्यारेन्टी सहितको विज्ञापन गरिएको हुन्छ, ठगी धन्दा भनेर थाहा नै हुँदैन”, उनले भने, “एक/डेढ महिना काम गरेपछि जब तलब थाप्ने बेला हुन्छ, बल्ल पो ठगिएको थाहा हुन्छ।” घिसिङले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने यस्ता पर्चामा विश्वास नगर्न युवाहरुलाई अनुरोध समेत गरेका छन्।

उमेश त एक प्रतिनिधि पात्र मात्र हुन्। चोक–चोकमा बसेर पर्चा बाँड्दै बेरोजगार युवालाई ठगी गर्ने धन्दा राजधानीमा निकै मौलाएको छ ।विभिन्न जब प्लेसमेन्टको नाममा खोलिएका अधिकांश संस्थाले पर्चालाई बेरोजगार युवा ठग्ने सजिलो माध्यम बनाएका छन्। 

बेरोजगार युवाको पीडा बुझ्नुको साटो सोझा सिधा युवालाई पारिश्रमिक नै नदिई दिनभर रापिलो घाममा सुकाएर लूट्न उद्यत देखिन्छन् जब प्लेसमेन्टका सञ्चालकहरु।

राजधानीका पुतलीसडक, सुन्धारा, चाबहिल, कोटेश्वर, महराजगञ्ज, बानेश्वर, जावलाखेल जस्ता मुख्य चोकमा बसेर रोजगारीको अवसर भन्दै पर्चा पम्प्लेट बाँड्दै गरेको भेटिन्छ। सडकको छेउका बिजुलीका पोल र पर्खाल पनि यस्तै प्रकृतिका विज्ञापन उल्लेखित पर्चा पम्प्लेटले रंगिन बनेका छ। एउटै पर्चामा लगभग १ सय ५० भन्दा बढी रोजगारका अवसर उल्लेख गरेको पाइन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

बागबजारस्थित भक्तपुर बसपार्क अगाडि एक युवती रोजगारीको विज्ञापन गरिएको पर्चा बाँड्दै थिइन्। त्यो पर्चामा उल्लेख गरिएको नम्बरमा फोन गरेर बागबजारमै रहेको गोल्डेन लाइफ नेपाल नामक ‘रोजगारदाता’ संस्थाको कार्यालयमा पुग्दा तीन जना युवा कार्यालयमा पुगिसकेका थिए। बागबजारबाटै फोन गरेका उनीहरु फोनमा सबै कुरा बताउन नमिल्ने जवाफ पाएपछि रोजगारीका बारेमा बुझ्न कार्यालयमै पुगेका थिए।

शुरुमै २ सयको फर्म र ३ हजार सर्भिस चार्जको कुरा सुनेर उनीहरु झस्किए । कार्यालय कर्मचारीका मिठा–मिठा आश्वासनले उनीहरुलाई पगाल्न सकिरहेको छैन। आमा–बाबुले घरबाट पठाएको पैसा खेर जाने हो कि भन्ने उनीहरुलाई शंका छ।

संंस्थाकी संस्थापक कल्पना सेन अल्मलिएर बसेका युवाहरुको मन जित्ने प्रयत्नमा छिन्– “नो इन्टरभ्यू, सतप्रतिशत रोजगार, तपाइँहरुलाई पैसा कमाउने विचार छ भने गर्नुहोस्, नभए मेरो भन्नु केही छैन।” 

बाहिर सडकमा रोजगारीको पर्चा पाएपछि पढ्दै हिंडिरहेका १० जना युवाहरुलाई यस्ता पर्चाको विषयमा प्रश्न गर्दा धेरैजसोले यस्ता पर्चा बेरोजगार युवा ठग्ने उपाय भएको बताए। “यो सबै फेक हो, मैले पनि शुरुमा यस्तै पर्चा पढेर ठगिएको थिएँ”, एक युवाले भने। 

पत्रपत्रिकामा पनि ठगीका विज्ञापन
बेरोजगारी समस्याको फाइदा उठाएर रोजगारीका लागि सुनौलो अवसर भन्दै कर्मचारी माग्ने र ठग्ने संघ संस्थाका विज्ञापन पत्रपत्रिकामा पनि उत्तिकै देखिन्छन्।

नाम चलेका पत्रिकाले समेत दैनिक रुपमा ‘अर्जेन्ट’ र ‘आवश्यकता’ भनिएका वर्गीकृतडिस्प्ले  विज्ञापनलाई प्राथमिकता दिने गरेका छन्। “पत्रपत्रिकामा छापिएका विज्ञापन पढेर बेरोजगार युवाहरु लोभिन्छन् र ठगिन्छन्”, एक भुक्तभोगी भन्छन्, “सडकमा बाँडिएका पर्चादेखि पत्रपत्रिकामा छापिएका विज्ञापनसम्म पढेर ठगिने युवाहरु धेरै छन्। यस्तो खुलेआम ठगी रोक्न कसैले पनि चासो दिएका पाइँदैन।”

पत्रिकाका वर्गीकृत डिस्प्लेमा कुक, वेटर, सेक्युरिटी गार्ड, रिसेप्सनिष्ट, डाटा इन्ट्रीदेखि सेल्समेन तथा माकेर्टिङसम्म रोजगारीका अवसर प्रकाशित गरिएका हुन्छन्।

संख्या तोकेर दिइएका सबैजसो विज्ञापनमा रोजगारको स्वरुप प्रायः एउटै देखिन्छ। विज्ञापनको पुच्छरमा सम्पर्क नम्बर उल्लेख गरिएको हुन्छ। त्यही सम्पर्क नम्बर डायल गर्दै जागिर पाउने आशमा युवाहरु कार्यालयसम्म पुग्छन् र अन्त्यमा ठगिएपछि पछुताउँदै फर्कन्छन्।

रोजगारीको खोजीमा दैनिक २० देखि २५ जना युवा आफ्नो कार्यालयमा आउने गरेको जब प्लेसमेन्टका नाममा खोलिएको एक कार्यालयका सञ्चालकले बताए।

कारबाहीको विषय किन अघि बढेन
यसरी लगातार राजधानीमै बेरोजगार युवाहरु ठगिए पनि न अहिलेसम्म कसैले उजुरी गरेको छ, न कसैलाई कारबाही भएको छ। 

महानगरीय अपराध महाशाखाका अनुसार विज्ञापनको आधारमा युवाहरु ठगिएको विषयमा कुनै उजुरी परेको छैन। पीडितहरु प्रमाणसहित उजुरी गर्न आए मात्र ठगलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिने महाशाखाले जनाएको छ।

अहिलेसम्म यस्तो ठगी सम्बन्धी कुनै उजुरी नपरेको र उजुरी परेमा आवश्यक प्रक्रिया अगाडि बढाइने राष्ट्रिय युवा परिषद्का सूचना अधिकृत ध्रुवराज पौडेलले बताए। उनले भने, “युवाहरुले कहिल्यै ठगिएको उजुरी लिएर आएका छैनन्। हामीले युवाहरुकै लागि युवापरिषद्को वेबसाइटमा युवा चेतनाका विषयहरु पनि समेटेका छौं ।हामीले युवालाई विना व्याज विना धितो कर्जाको व्यवस्था समेतगरेका छौं। युवाहरु प्रविधिमैत्री बन्नु पर्‍यो।”
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०७५  १०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति
क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ पनि पुग्यो सर्वोच्च
प्रस्तावित प्रधान न्यायाधीशको संवैधानिक योग्यता सम्बन्धमा समितिमा उजुरी
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति मंगलबार, जेठ ५, २०८३
क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ पनि पुग्यो सर्वोच्च मंगलबार, जेठ ५, २०८३
प्रस्तावित प्रधान न्यायाधीशको संवैधानिक योग्यता सम्बन्धमा समितिमा उजुरी मंगलबार, जेठ ५, २०८३
प्रस्तावित प्रधानन्यायाधीशमाथिको सुनुवाइ : उजुरीकर्तासँग छलफल सकियो मंगलबार, जेठ ५, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सन्दीप लामिछानेको नाममा विश्व रेकर्ड, स्टार्कलाई उछिने सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्