फाइल तस्बिर काठमाडौं- भदौ ५ देखि ७ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयबारे अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)माथि पार्टीका सम्मानित नेता झलनाथ खनालले आपत्ति जनाएका छन्। शुक्रबार नेकपा एसनिकट सहकारी संगठनको प्रथम स्थापना दिवसपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
खनालले उक्त अपानि पार्टीको कुनै कमिटीले निर्णय नगरेको र त्यो खतरनाक भएको टिप्पणी गरे। यसबारे आफूहरूले छलफल गर्ने समेत उनले बताए। उनले भने, ‘यो एकदम खतरनाक कुरा हो। कुनै कमिटीले निर्णय गरेको हुँदै होइन। अपानि जारी भएको छ। यसबारे हामी छलफल गर्नेछौँ।’
बिहीबार अध्यक्ष नेपालले ११ निर्णयसहित अपानि जारी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।