काठमाडौं– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माले आफूले न्यायाधीश भएपछि इमान्दार भएर न्याय दिने प्रयास गर्ने बताएका छन्।
शुक्रबार संसदीय सुनुवाइ समितिमा आफ्नो अजेन्डा र कार्यपत्र पेस गर्दै उनले आम नागरिकबाट अपेक्षा गरिएको न्याय प्राप्त गर्नका लागि आफूले सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाए। आफू न्याय सम्पादनमा रहँदा इमान्दार भएर न्याय सम्पादनको प्रयास गर्ने पनि शर्माले प्रतिबद्धता व्यक्त गरे।
कुनै न्यायाधीशलाई उसको आचरण र व्यवहारले ‘वास्तविक न्यायाधीश’ बनाउने बताउँदै उनले आफू त्यसको दायरमा रहने बताए। शर्माले तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति आफ्नो पूर्ण प्रतिबद्धतासमेत रहेको बताए।
न्यायपालिका प्रतिको निष्ठा र आस्था न्यायाधीशको आचरण र व्यवहारबाट प्रदर्शित हुने विषय भएको भन्दै उनले स्वतन्त्र न्यायपालिकाको अवधारणाको आलोकमा तयार भएको मिलान घोषणापत्र अनुकूल हुने गरी तयार भएको न्यायाधीशहरुको आचारसंहिताद्वारा निर्देशित रही स्वच्छ, सक्षम, निष्पक्ष, तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति आफू पूर्ण प्रतिबद्ध रहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।