काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३० पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २५ पैसा र बिक्री दर १६६ रुपैयाँ रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी यूएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ २५ पैसा रहेको छ। यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।