• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

चाडपर्वको मुखमा महँगियो भान्सा : बढ्यो चिनी र चामलदेखि जिरासम्मको मूल्य

64x64
कल्पना घिमिरे बिहीबार, भदौ २८, २०८०  २०:२०
1140x725

काठमाडौं– गत पुसमा बजारमा जिराको मूल्य प्रतिकिलो ४५० रुपैयाँ थियो। माघमा मूल्य बढेर ५५० रुपैयाँ पुग्यो। त्यतिबेला नेपाल खुद्रा व्यापार संघले पनि जिराको थोक मूल्य प्रतिकिलो ५५० रुपैयाँ तोकेको थियो। चैतसम्म उही मूल्य कायम थियो।

तर वैशाखमा जिराको मूल्य फेरि उकालो लाग्यो। खुद्रा व्यापार संघले नै प्रतिकिलोमै ३ सय रुपैयाँ बढाएर ८५० रुपैयाँ पुर्‍याएको थियो। जेठमा ९५० रुपैयाँ पुगेको खुद्रा व्यापार संघको मूल्य सूचीमा उल्लेख छ। तर बजारमा भने व्यापारीहरूले जिरामा दोब्बरभन्दा बढी मूल्य असुल गर्न थालेका थिए। गत जेठदेखि नै बजारमा जिरा प्रतिकिलो १ हजार ३५० रुपैयाँसम्म बिक्री हुने गरेको पाइएको छ।

भदौ १ गतेको खुद्रा व्यापार संघको मूल्य सूचीमा जिराको मूल्य प्रतिकिलो १ हजार २५० रुपैयाँ तोकिएको छ। तर यतिबेला संघले उक्त जिराको मूल्यसूची हटाएर सुरज जिरा नामकको मूल्य प्रतिकिलो ३६५ रुपैयाँ तोकेको छ।

संघकी एक कर्मचारी ज्योति थापाले संघमा बजारमा भएकोभन्दा फरक खालको जिरा भएकाले सस्तो पर्ने बताइन्। ‘यो बजारकोभन्दा फरक भएर हो। बजारमा थुप्रै प्रकारका जिरा आउँछन्। खुला रुपमा बिक्री गरिने जिरा सस्तो पर्न गएको हुनसक्छ,’ उनले भनिन्।

यस्तै उनले होलसेलमै जिराको मूल्य बढेर प्रतिकिलो १ हजार २२५ रुपैयाँ पर्ने बताइन्। 

जिरा ठूलो परिमाणमा भारतबाट आउने गर्दछ। अहिले भारतमा उत्पादन घटेको र उतैबाट महँगो भएर आएको व्यापारीहरू बताउँछन्। जिरा मात्र होइन। अहिले बजारमा आटा, चिनी र चामल समेत महँगिएको छ। एक महिनाअघि १८० रुपैयाँमा पाइने २ किलोको प्याकेट आटा अहिले २०५ प्रतिप्याकेट पर्न थालेको पाइएको छ। 

गत असारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनी साउनदेखि १० रुपैयाँले बढेर प्रतिकिलो १२० रुपैयाँ पुगेको छ। संघको भदौको पहिलो साताको मूल्य सूचीमै चिनीको मूल्य १०५ रुपैयाँ उल्लेख छ। तर अन्तिम सातातिर आइपुग्दा संघमा चिनीको मूल्य प्रतिकिलो ९० रुपैयाँ उल्लेख छ।

बजारमा भने अहिले चिनीको मूल्य प्रतिकिलो १२० रुपैयाँ नै कायम छ। चाडपर्वको मुखमा यसरी मूल्य आकाशिनुको कारणबारे भने सम्बन्धित निकाय जवाफदेही हुन सकेको छैन। यसमा सरकार समेत मौन छ। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपालीको भान्सामा नभई नहुने चामल साउनदेखि नै महँगिएको हो। गत साउन ४ गतेदेखि भारतले बासमती बाहेकका (मोटा जातका ह्वाइट राइस/अरुवा चामल) निर्यातमा प्रतिबन्ध घोषणा गरेको थियो। त्यसको २/४ दिनमै नेपाली बजारमा महँगी बढ्न थाल्यो। व्यपारीहरूले पुरानै स्टक चामलको मूल्य बढाएर बिक्री गर्न थालेपछि सरकारले बजार अनुगमन केही दिनका लागि कडाइ त गर्‍यो। तर त्यसलाई निरन्तरता दिएन।

पुरानै स्टक चामललाई महँगोमा बिक्री गर्ने व्यापारीलाई सरकार मातहतको वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको दायरामा ल्याउन थाले पनि बजारमा मूल्य घट्न सकेको थिएन। फेरि भारतले गत भदौ ८ गते सबै प्रकारका उसिना चामल निर्यातमा २० प्रतिशत भन्सार लगायो। त्यसपछि बजारमा चामलको भाउ घटेन, बरु बढ्दै गयो।

अहिले बजारमा २५ केजीको जिरा मसिनो चामलमा प्रतिबोरा २ सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्म बढेको छ। पहिला २१ सय रुपैयाँ प्रतिबोरा पर्ने चामल अहिले २२ सय ५० रुपैयाँदेखि २ हजार ३५० रुपैयाँसम्म पुगेको छ। यस्तै २ हजार २०० रुपैयाँ पर्ने चामल प्रतिबोरा २ हजार ४५० रुपैयाँ पुगेको छ।

अनुगमन कडाइ गर्नुपर्ने बेला कर्मचारीको सरुवा
झारा टार्ने हिसाबमा विभागले दैनिक अनुगमन गरिरहेको देखिन्थ्यो। सधैँजसो अनुगमनका क्रममा केही खाद्य पसलहरूले बिलबिजक नराखी बिक्री गरेको पाएपछि ती खाद्य पसललाई कारबाही गरेको तथ्यांक विभागले आफ्नो वेबसाइटमा उल्लेख गर्दै आएको थियो। अनुगमन गरी कारबाही समेत गरेता पनि सरकारले मंगलबार विभागमा महानिर्देशक गजेन्द्र ठाकुर र अनुगमन शाखा प्रमुख होमनाथ भट्टराईलाई समेत मन्त्रालयमा सरुवा गरेको छ।

दसैंको मुखमा बजार अनुगमनलाई थप कडाइ गर्न निर्देशन गर्नुपर्ने सरकारले उल्टै विभागका कर्मचारीलाई सरुवा गरेको उपभोक्ता अधिकारकर्मीहरूको गुनासो रहेको छ। चाडपर्वको बेलामा बजारमा कालोबजारी बढ्ने, ठगी बढ्नाले बजार अनियन्त्रित हुने सम्भावना रहन्छ। यो बेलामा सरकारले बजार अनुगमन गर्ने निकायलाई कडाइ गर्न निर्देशन दिनुपर्ने उपभोक्ता अधिकारकर्मी जयप्रसाद पौडेल बताउँछन्।  

‘बजार व्यवस्थापन गर्ने ठूलो संयन्त्र अनुगमन हो। अनुगमनले बजारलाई सिस्टममा राख्न मद्दत गर्छ। सेवा प्रदायक, बिक्रेता र उत्पादनकर्ताले कसरी सेवा दिइरहेको छ, उपभोक्ताको अधिकार कसरी हनन् भइरहेको छ, ठगी भएको छ वा छैन भन्ने कुरा थाहा पाउन अनुगमन आवश्यक छ।,’ पौडेलले भने।

सरकारले अनुगमनको निकायका कर्मचारी सरुवाबढुवा गर्न भन्दा बजार व्यवस्थापनमा कडाइ गर्नुपर्ने पौडेल बताउँछन्।

कुनै पनि वस्तु तथा सेवाको मूल्य निर्धारण गर्ने सरकारका दायित्व रहने उपभोक्ता हित संरक्षण ऐनमा रहेको तर सरकारले त्यो ऐनको उपयोग नगर्दा बजार अव्यवस्थित भई उपभोक्ता मारमा परिरहेको उनी बताउँछन्।

‘तोकिएको मूल्यभन्दा बढी मूल्य लिइन्छ भने त्यो एउटा अपराध हो। उपयोग बढ्ने बेलामा महँगी बढाउनु भनेको त्यहाँ चलखेल हुन्छ। यहाँ कुनै राजनीतिक पार्टीसँग कनेक्सन भएको हुन्छ। राजनीतिक पार्टीको कनेक्सनमा सरकारको कुनै न कुनै कनेक्सन हुन्छ। त्यसैले महँगी बढ्दा पनि सरकार सरकारले व्यवास्था गरिरहेको हुन्छ,’ पौडेलले भने।

भारतबाटै महँगिएर आयो- व्यवसायी
खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले चामल, जिरालगायतको मूल्य भारतबाटै महँगो भएर आएकाले नेपालमा पनि महँगिएको बताए।

‘अहिले चामल, जिरा भारतबाटै महँगिएर आएको छ। कही समयअघि त भारतले गहुँ निर्यातमा प्रतिबन्ध नै लगाएको थियो। अहिले गहुँ  महँगो भएर आएको छ त्यसैले आँटा महँगो पर्न जान्छ,’ श्रेष्ठले भने ‘अहिले भारतले विभिन्न वस्तुमा प्रतिबन्ध लगाउने तथा भन्सार शुल्क बढाउँदा महँगी बढेको छ। अब खाद्यसंकट समेत आउने अवस्था देखिएको छ। महँगी रोक्न सरकारले निर्णय गर्नुपर्ने हो। तर सरकार नै वेवास्ता गरिरहेको छ।’ चिनी भने के कारणले महँगियो भन्नेबारे आफू जानकार नरहेको उनले बताए। 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार, जेठ ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा र... मंगलबार, जेठ ५, २०८३
हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न संघलाई आग्रह अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ बमोजिम पर्वतारोहणबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गर... शनिबार, जेठ २, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्