काठमाडौं –भारतको गोवास्थिति एक नाइट क्ल्वमा गत शनिबार मध्यरात भएको आगलागीमा मारिनेमध्ये चार जना नेपाली भएको खुलेको छ। आगलागीमा २५ जनाको मृत्यू भएको थियो।
भारतीय अधिकारीका अनुसार मारिनेमध्ये २० जना नाइट क्लवकै कर्मचारी र ५ जना पर्यटक हुन्। कर्मचारीमध्ये तीनजना नेपालका भएको अधिकारीहरुले बताएका छन्।
भारतीय सञ्चारमाध्यमले मारिने २५ जनाको नाम सार्वजनिक गरेका छन्। उनीहरुमध्ये नेपालका चुर्नबहादुर पुन, विवेक कटवाल, सविन (थर नखुलेको) र सुदीप (थर नखुलेको) नेपालका हुन्। नेपालीहरुको पुरा ठेगाना खुलाइएको छैन।
गोवाको बिर्च एन्ड रोमियो नाइट क्लवमा १०० जनाजति मानिसहरु डान्स गरिरहेका बेला अचानक आगलागी भएको थियो।
प्रत्यक्षदर्शीहरूका अनुसार क्लब अत्यधिक भीडिएको थियो र आगो सुरु भएको केही मिनेटमै पूरा संरचना जलेर नष्ट भएको थियो। आगोमा परेर ग्याँस सिलिण्डर पनि विष्फोट भएपछि भयावह भएको थियो।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानको अडिट गर्ने जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।