काठमाडौं– विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले उचित सुविधाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
समितिले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। सर्वोच्च अदालको आदेशअनुसार सरकारले न्यूनतम सुविधा पनि नदिएपछि बाध्य भएर आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको समितिका सहसंयोजक रतनबहादुर सिंहले उल्लेख गरे।
समितिले आगामी भदौ ३१ गतेबाट आन्दोलनको कार्यक्रम तय गरेको हो। सतिलिे ७ दिने आन्दोलका कार्यक्रम घोषणा गरेको छ।
विद्यालयको तालाचाबी बुझाउने, आवश्यक सुविधा उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापन पत्र बुझाउने, प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने लगायतका कार्यक्रम तय गरेको सहसंयोजक सिंहले जानकारी दिए।
सर्वोच्च अदालतले ५ वर्ष अघि ‘सेवा कानुन’ बनाई विद्यालयका कर्मचारीलाई उचित सुविधाको व्यवस्था गर्न आदेश दिएपनि त्यसको कार्यान्वयन नभएपछि आन्दोलन गर्न बाध्य हुनु परेको समितिको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।