काठमाडौं– प्रतिनिधि सभाले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सभाको बिहीबारको बैठकले सो प्रस्ताव पारित गरेको हो।
बैठकमा प्रतिनिधि सभाका अध्यक्ष देवराज घिमिरेले नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसलाई सभाले अनुमोदन गरेको हो।
त्यस्तै सभामा एक मिनेट मौनधारण पनि गरिएको थियो।

२००९ सालमा जन्मिएका नेम्वाङको मंगलबार बिहान निधन भएको थियो। उनको बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।
बिहीबार नै बसेको राष्ट्रिय सभाको बैठकले पनि नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।