एजेन्सी- थाईल्याण्डले पर्यटन उद्योगको विकासका लागि वर्षको अन्त्यमा चीन र काजकिस्तानका पर्यटकहरूलाई बिना भिसा प्रवेश दिने भएको छ।
थाईल्याण्डले चीन र काजाकिस्तान पर्यटकहरूका लागि अस्थायी भिसा छुट दिने प्रस्ताव अनुमोदन भएको हो। थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले बुधबार यो नीतिले चिनियाँ र काजाकिस्तान पर्यटकहरूलाई सेप्टेम्बर २५ देखि फेब्रुअरी २०२४ को अन्त्यसम्म भिसा आवश्यक नपर्ने बताए। उक्त अवधि सकिएपछि त्यसको प्रभाव मूल्यांकन हुने उनको भनाइ छ।
नयाँ नीतिबाट थाईल्याण्डले ५ महिनामा २ करोड ८० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। उनीहरूबाट ३९ अर्ब १५ करोड अमेरिकी डलर राजस्व कमाउने लक्ष्य रहेको छ। कुल पर्यटन राजस्वमा ८६ अर्ब ६८ करोड अमेरिकी डलरसहित २०२४ मा देशमा पर्यटकको संख्या ४ करोड पुग्ने अनुमान छ।
थाईल्याण्डमा देशको कुल गार्हस्थ्य उत्पादनको करिव १२ प्रतिशत पर्यटनले ओगटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।