एजेन्सी– दक्षिण-पश्चिम टर्कीमा ९ लाख वर्ष पुरानो जनावरको जीवाश्म फेला परेको छ।
अनुसन्धानकर्ताहरूको एक समूहले उत्खननका क्रममा ९ लाख वर्ष पुरानो फेलिडे प्रजातिको एक दुम्सी र अन्य पंक्षीहरूको जीवाश्म फेला परेको बताइएको छ। सन् २०१७ देखि डेनिजली प्रान्तको ताभास जिल्लामा अनुसन्धानकर्ताहरुको समूहद्वारा जारी उत्खननको एक भागको रुपमा यी जीवाश्महरु फेला परेका हुन्।
अनुसन्धानको नेतृत्व गर्ने बर्दुर मेहमेट अकिफ एरसोय विश्वविद्यालयका मानवशास्त्री अहमद इहसान आयटेकले दुम्सी एनाटोलियामा दुर्लभ प्रजाती भएको र यसको जीवाश्म फेला पार्नु ठूलो सफलता भएको बताए।
अनुसन्धानकर्ताहरूले यसअघि उत्खनन स्थलमा हात्ती, गैंडा, जिराफ, घोडा, मृग र हरिण लगायतका १५ जनावरको जीवाश्म फेला परेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।