काठमाडौं- प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बुधबार राति शङ्खरापुर–९ सानागाउँबाट दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग साँखु र जम्मुडाँडा प्रहरी बिटको संयुक्त टोलीले विशेष सूचनाको आधारमा लागुऔषध कारोबारीे हुनसक्ने आशंकामा सोही स्थानमा डेरा गरी बस्ने गोकर्णेश्वर नगरपालिका स्थायी घर भएका १९ वर्षीय अनिश श्रेष्ठ र शङ्खरापुर नगरापालिका–१ का २१ वर्षीय कृष्ण खनाललाई पक्राउ गरेको हो।
प्रहरी निरीक्षक लक्ष्मी खनालका अनुसार शङ्खरापुर–९ डेरा गरी बस्ने उनीहरुको कोठाबाट डाइजेपाम १५३ पिस, फ्यानजान १५३ पिस, नोफिन २७ एम्बुल र बुर्फरिन १२० एम्पुल लागुऔषध बरामद भएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।