काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले प्रतिवेदन प्राप्त भएको जानकारी दियो। एक/दुई दिनको अध्ययनपछि मुद्दा दायर हुने छ कार्यालयले जनाएको छ। सरकारी वकिलले सीआईबीको अनुसन्धान प्रतिवेदनमा अध्ययन गरेर शुक्रबारसम्म जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गर्ने तयारी गरेको छ।
हङकङबाट ल्याएको ६० किलो ७ सय १७ ग्राम सुनबारे अनुसन्धान पुरा गरेर सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएसँगै अध्ययन सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले बताए ।
थुनामा रहेका ३२ जनामध्ये २६ जनालाई मात्र प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ। रोल्पा घर भएकी अमला रोकासहित १८ जनालाई फरार प्रतिवादी कायम गरिएको छ ।
रेडी ट्रेड प्रालिले ६० किलोभन्दा बाहेक ३०२ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको सीआइबीको अनुसन्धाानमा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।