काठमाडौं– ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६ जना मुद्दा नचलाउने राय दिएको छ।
बुधबार सीआईबीले काठमाडौं सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै यस्तो सिफारिस गरेको हो। अब मुद्दा चलाउने अधिकार सरकारी वकिलको हुने छ।
सिआइबीले भन्सार एजेन्ट रूक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, कार्गोका राजन श्रेष्ठ, गोदाम खोजिदिएको आरोप लागेका नरेश भन्ने सुरेन्द्र तामाङ, भन्सार कार्यालयका कर्मचारी श्रीधर टण्डन र कमल परियारमाथि मुद्दा चलाउनु पर्ने अनुसन्धानमा नदेखिएको सीआईबीको राय छ।
रूक्मिना सुब्बा क्यान्सरको बिरामी भएका कारण राजश्व अनुसन्धान विभागले नै यसअघि नै हाजिर जमानीमा छाडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।