काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गतेका लागि सरेको छ। यसअघि बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले असोज २ गते बैठक बोलाएको थियो।
तर मिति परिवर्तन गर्दै असोज ४ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बैठक बोलाइएको हो।
बुधबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी बैठकबारे जानकारी दिएका हुन्।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।