काठमाडौं- त्रिभुवन विमानस्थलको गेटबाट बरामद भएको ६० किलो सुन तस्करी प्रकरण राजश्व अनुसन्धान विभागबाट आफ्नो जिम्मामा आएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३५ दिनमा अनुसन्धान सकेर प्रतिवेदन बुझाउने भएको छ। सीआईबीले पत्रकार सम्मेलन गर्दै बुधबार यो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउन लागेको बताएको छ।
सीआईबीका प्रमुख किरण बजाचार्यले भन्सार ऐनबाट संगठित अपराधमा रुपान्तरण गर्दै ३५ दिनमा ४२ जनाको टोलीले अनुसन्धान गरेको जानकारी दिइन्।
मुद्दा प्राप्त भए लगत्तै अनुसन्धान टोली बनाएर अनुसन्धान सुरु भएको र आजको मितिसम्म यसको नेक्सस र प्राविधिक समस्या आएपछि वैज्ञानिक अनुसन्धान गरिएको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।