काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा विदेशी र नेपाली गरी ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ।
सीआईबीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा उनीहरुको प्रत्यक्ष संलग्नता देखिएको र आगामी दिनमा पनि थप अनुसन्धान गर्न सकिने बताइएको छ। सीआईबीले पत्रकार सम्मेलनमार्फत् यसको जानकारी दिएको हो।
प्रतिवादी तय गरिएका व्यक्तिमध्ये ३२ जना पक्राउ परेका छन्। १८ जना भने फरार रहेका सीआईबीले जनाएको छ।
हङकङबाट मोटरसाइकलको ब्रेक प्याडका रुपमा भित्र्याइएको तस्करीको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको अनुसन्धान सकेर सीआईबीले बुधबार नै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।