काठमाडौं– पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा मंगलबार राति बन्दीहरुबीच झडप भएको छ। झडप हुदाँ ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
भक्तपुरको बालसुधार गृहमा रहेका बन्दीहरुले सुधार गृह फोरेर भागेपछि उनीहरुमध्ये केहीलाई पर्साको वीरगञ्ज सरुवा गरिएको थियो। भक्तपुरबाट सारिएका बन्दी किशोर र वीरगञ्ज सुधार गृहका बन्दीबीच मंगलबार रातभर नै झडप भएको बताइएको छ।
बुधबार बिहानदेखि भने अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। थप झडप नहोस् भनेर बाल सुधार गृह परिसरमा प्रहरीको सुरक्षा बढाइएको छ।
डडपमा घाइते भएकाहरुलाई मंगलबार राति नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो। मंगलबार मात्रै भक्तपुरबाट १८ जना बालक र किशोरलाई सरुवा गरेर वीरगञ्जस्थित बाल सुधार गृहमा पुर्याइएको थियो।
उनीहरुलाई त्यहाँ पुर्याउनासाथ पहिलेदेखि नै वीरगञ्जको सुधार गृहमा रहँदै आएकाहरु बन्दी कशोरहरुले विरोध गरेका थिए।
भक्तपुरबाट १८ जना बालक र किशोरलाई उक्त बन्दीगृहमा सारिएको थियो। तर पहिल्यैदेखि त्यहाँ बस्दै आएकाहरुले यहाँ बस्न नदिने भन्दै विरोध सुरु गरेपछि झडप भएको थियो।
घाइते हुने ११ जनामध्ये धेरैजसो भक्तपुरबाट गएका बन्दीहरु हुन्। झडप नियन्त्रण गर्न गएका प्रहरी पनि धेरै घाइते भएका छन्।
तोडफोडबाट बाल सुधार गृहको भौतिक संरचनामा केही क्षति समेत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।