लुम्बिनी– लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार राति १२:०० बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो।
प्रदेश सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरेकाले प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेश सभा सदस्यको जानकारीका लागि प्रदेश सभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।