काठमाडौं- साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको अन्त्येष्टि गरिएको छ।
निमोनियाका कारण ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएका पराजुलीको साँझ पशुपति आर्यघाटमा अन्येष्टि गरिएको हो। कथा, उपन्यास र कविता विधामा कलम चलाएका पराजुलीलाई उनका छोराले दागबत्ती दिए।
पराजुलीले केही समयअघि मात्रै कथासङ्ग्रह ‘जन्तरमन्तर’ प्रकाशित गरेका थिए। स्व पराजुलीका ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प’, ‘यात्रा’लगायतका कृति प्रकाशित छन्।
पराजुलीले राजधानी दैनिक, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरीलगायतका अनलाइनमा काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।