नेपालगञ्ज- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहबाट नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन्। सोमबार सशस्त्र प्रहरीले ३ लाख नेपाली रुपैयाँसहित भारत घर बताउने ३० वर्षीय ईस्तियाक अहमदलाई नियन्त्रणमा लिएको हो।
प्रस्तावित सीमा सुरक्षा गुल्म (बीओपी जमुनाह) बाँकेले भारतबाट यूपी ३२ एलएच ३७०४ नम्बरको मोटरसाइलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो। साथमा फेला परेको रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको बीओपी जमुनाह गुल्मले जनाएको छ।
उनलाई बरामद रुपैयाँ र मोटरसाइलकसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।