काठमाडौं– बुधबार बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। उक्त बैठक बिहीबार बोलाइएको छ।
बिहीबारको बैठकमा संविधानसभा अध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङप्रति शोक व्यक्त गरिने भएको छ।
सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारको बैठक स्थगितबारे सूचना जारी गरेका हुन्।
‘संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको कारण भदौ २७ गते १ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएको,’ सूचनामा भनिएको छ, ’शोक प्रस्ताव प्रयोजनको लागि सभाको बैठक भदौ २८ गते बिहीबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ।’
नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।