• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

 ‘मुलुक अँध्यारो सुरुङमा जाँदैछ’ भन्ने नेम्वाङ आफै अस्ताए 

64x64
दुर्गा दुलाल मंगलबार, भदौ २६, २०८०  २०:२७
1140x725

काठमाडौं–२०६४ सालमा भएको निर्वाचनबाट बनेको पहिलो संविधान सभाले संविधान दिन सकेन। २०६९ जेठ १५ गते संविधान सभा विघटन भयो। अर्को संविधान सभाको निर्वाचन २०६९ मंसिर ७ गते हुने सिफारिससँगै पहिलो संविधान सभा विघटन भएको थियो। दोस्रो संविधान सभाको सदस्यहरूको निर्वाचन २०७० मंसिर ४ गते सम्पन्न भयो अनि २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भयो।

योसँगै  सुवासचन्द्र नेम्वाङले आफ्नो ठूलो जिम्मेवारी पूरा गरे अनि सधैं आफूलाई संविधान सभाको अध्यक्षको रुपमा कायम राखे। दुवै संविधान सभाको अध्यक्षको रुपमा नेम्वाङले नेतृत्व गरेका यही कारण उनलाई जसरी पनि सफल हुनु थियो।नेम्वाङलाई जसरी पनि सफल हुनुपर्ने यही दायित्व र जिम्मेवारीका कारण तत्कालीन समयमा नेम्वाङले हरेक बैठकमा भन्ने गरेको शब्द उनको थेगो जस्तै भइसकेको थियो।

नेम्वाङ शीर्ष नेताको बैठक होस् वा प्रमुख सचेतक र सचेतककहरु सहभागी भएको बैठकमा भन्थे–‘दलहरुका बीचमा सहकार्य, सहमति र सहयात्राको विकल्प छैन। नत्र देश अँध्यारो सुरुङमा प्रवेश गरिसकेको छ।’ तत्कालीन समयमा नेम्वाङसँग सहकार्य गरेका पूर्व सांसद एवं लोसपा नेता लक्ष्मणलाल कर्णलाई अहिले पनि उक्त भनाइ कानमा गुञ्जिरहन्छ। संविधान निर्माणको क्रममा र त्यसपछि उनीसँग संसदीय मोर्चामा धेरै सहकार्य भएको र आफूले नेम्वाङसँग धेरै कुरा सिकेको उनले बताए।

कर्ण कुनै समय वीरगन्जबाट वकालत गर्थे भने नेम्वाङ काठमाडौंको नाम चलेको पायोनियर ल फर्मबाट वकालत गर्थे। उनी सर्वोच्च अदालतमा वकालत गर्ने र आफू बाहिरबाट गर्ने भएपछि धेरै प्रभावित त्यही समयदेखि नै भएको कर्णले बताए। ‘संविधान सभा र त्यसपछिका संसदीय गतिविधिमा मलै सँगै रहेर धेरै काम गर्न पाएँ। त्यो संगतले मैले नेम्वाङलाई असल साथीको रुपमा पनि पाएको थिएँ। संविधान बुझेको र देशको माया भएको परिपक्व नेताको रुपमा पाएको थिएँ।’

उनीमात्र होइन पूर्व सभामुख अग्निप्रसाद सापकोटा पनि नेम्वाङलाई आदर्श मान्छन्। संसद्को सभामुखको कुर्सीमा बसिरहँदा र त्यहाँबाट सभा सञ्चालन गर्दा नेम्वाङको अभ्यास र काम गर्ने तरिका आफूलाई धेरै मन परेको सापकोटाले बताए।

उनी नेम्वाङवाट समन्वयकारी भूमिका र सबै दलका नेताहरुसँग प्रष्ट कुरा राख्ने शैलीका कारण प्रभावित पनि थिए। पछिल्लो पटक नेम्वाङसँग सापकोटा निरन्तर सम्पर्कमा थिए। सभामुखको भूमिकामा रहँदा अप्ठ्यारो पर्दा नेम्वाङसँग कयौं पटक सापकोटाले कुरा पनि गरेका थिए। नेम्वाङको सधैं सरल अनि सहज रुपमा प्रस्तुत हुने बानीका कारण उनी प्रभावित भएका थिए।

संविधान निर्माणमा निरन्तर लागेका व्यक्ति 
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दिवंगत नेम्वाङलाई संविधान निर्माणको क्रममा कहिल्यै नथाक्ने र आशामात्र देख्ने व्यक्तिको रुपमा चिनेका थिए। उनको उक्त छवि अहिले पनि कायमै छ।

‘हामी संविधान निर्माणका क्रममा सँगै थियौं। दलहरुकाबीचमा धेरै दूरी र विवाद थियो। उहाँलाई अध्यक्षको रुपमा धेरै चिन्तित अनि केही आशा र विश्वास बोकेर हिँडेको व्यक्तिको रुपमा पाउथेँ,’ लेखकले भने, ‘नेताहरु संविधान निर्माणबाट बाहिर नजाउन् र निरन्तर प्रयास होस् भनेर बैठक बोलाइराख्थे अनि दलका शीर्ष नेताहरुलाई सचेत पनि गराइराख्थे।’

Ncell 2
Ncell 2
nimb
nimb

दुर्भाग्यवस पहिलो संविधानसभाबााट संविधान बनेन तर संविधान निर्माणको जग त्यहिँबाट सुरु भएको लेखकको बुझाइ छ। पहिलो संविधान सभाको अनुभव र सहमतिलाई थप दोस्रोमा पुगेपछि संविधान निर्माण गर्न सफल भएको उनी बताउँछन्। ‘दोस्रो संविधान सभाबाट संविधान जारी गर्दा नेम्वाङको भूमिका संविधान सभाका अध्यक्षको मात्र थिएन, उहाँले त्यहाँभन्दा माथि उठेर काम गर्नु भएको थियो,’ लेखकले भने, ‘दलहरुको हरेक बैठकमा सहमति हुन नसक्दा उनले भन्थे– मुलुक अँध्यारो सुरुङभित्र फसेको छ। दलहरूबीच सहमति गरेर देशमा उत्पन्न संकट समाधान गर्दै अघि बढ्नुको विकल्प छैन।’

दोस्रो निर्वाचनको मिति तोक्ने समयदेखि नै उनको यो भनाइ थेगो नै जस्तो भएको उनका सहयात्री नेताहरुले बताउने गरेका छन्। जब २०७२ साउन ३ गते संविधान जारी भयो अनि उनले यसलाई अझै परिस्कृत गर्नुपर्ने र असन्तुष्टहरुको माग पनि सम्बोधन गर्ने बाटो संविधानमा भएको भनी वकालत गरेको लेखकको बुझाइ छ।

‘नेम्वाङको सधैं सहज, शालिन र विनम्र स्वभाव थियो,’ लेखकले भने, ‘सुवास नेम्वाङ बोलेपछि त्यसमा सबैलाई सम्बोधन हुन्थ्यो। सबैले सम्मान पनि गर्दथे। यसो हुनुको कारण उहाँको समन्वयकारी भूमिका नै थियो।’

तर अब नेपाली राजनीतिले एउटा नक्षेत्र गुमाएको उनले बताए। पछिल्लो समय लेखक र नेम्वाङ प्रतिनिधि सभाको मानव अधिकार समितिमा थिए। उनीहरुले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन काम पनि गरिरहेका थिए।

‘अरु कसैले उहाँको ठाउँ पूर्ति हुन सक्दैन। संविधान बनाउने क्रममा होस् वा त्यसपछिको संसदीय मोर्चामा होस्, उहाँको भूमिका समन्वय गर्ने थियो,’ लेखकले भने, ‘उहाँको दल नेकपा एमाले मात्र नभइ सबै राजनीतिक दलहरुले नेम्वाङको अभाव महसुस आगामी दिनमा गर्नेछन्।’

संविधान निर्माणताका दलहरुकाबीचमा दूरी नबढोस् र संविधान निर्माणको दिशाबाट बाहिर नजाउन् भनेर दलहरुकाबीचमा मतान्तर हुँदा छिटो बैठक बोलाउने उनको बानी र त्यसबाट संविधान निर्माण सफल भएको उनले बताए। ‘आफ्ना कुराहरुमा अरुलाई  सहजै कन्भिन्स गराउने उहाँको खुबी थियो,’ लेखक भन्छन्, ‘शीर्ष नेता होस् वा प्रमुख सचेतक नेम्वाङले सहजै रुपमा कन्भिन्स गराउनुहुन्थ्यो।’

संविधानसभा सदस्यको रुपमा संविधान निर्माण गर्दा सहकार्य गरेर संविधानमा असहमति राखेपछि त्यहाँ नेम्वाङको भूमिकाको सधैं प्रशंसक हुन जसपाका नेता लक्ष्मणलाल कर्ण। ‘मैले कहिल्यै पनि नेम्वाङमा अहमता वा रिस देखिनँ। सधैं परिपक्व अनि त्यही अनुरुप आफ्ना कुरा राख्दथे,’ कर्णले भने, ‘कठिन समयमा संविधान निर्माणका लागि शीर्ष नेताको बैठक बोलाएपछि सबै आउँथे। संविधानमा फरक मत भएपछि संविधान जारी हुनुमा नेम्वाङको हात छ।’

नम्वाङको असल व्यक्तित्व र लचिलो भूमिकाका कारण संविधान निर्माण सफल भएको उनी बताउँछन्। उनी कानुनको ज्ञाता  पनि भएकाले कानुनका विषयमा पनि दलहरुका नेताहरुलाई कन्भिन्स गर्थे। कानुनको अनुभव पनि भएका उनले त्यसको भरपुर प्रयोग संविधान निर्माण गर्दा गरेको अनुभव कर्णलाई रहेको छ।

संक्रमणकालीन न्याय टुंग्याउने सपना अधुरो 
पछिल्लो समय नेम्वाङ प्रतिनिधि सभाको मानव अधिकार समितिमा थिए। उक्त समितिमा नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक रमेश लेखक पनि छन्।

उक्त समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउने प्रयास थालेको थियो। त्यसका लागि लेखक, नेम्वाङसमेत सहभागी भएको ११ सदस्यीय समिति बनेको थियो। उक्त उप समितिले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको ऐन संशोधन विधेयकमाथि छलफल गरिरहेको थियो।

संक्रमणकालीन न्याय करिब १७ वर्षदेखि अल्झिरहेकाले यसलाई अब टुंगोमा पुर्‍याउनुपर्छ भन्ने नेम्वाङलाई पनि लागेको थियो। यसैका लागि उनी कम्बोडिया भ्रमणसमेत गरेर त्यहाँको संक्रमणकालीन न्यायको प्रक्रियाबारे जानकारी लिएर आएका थिए। नेम्वाङले उक्त कुरा समितिको बैठकमा पनि सुनाएका थिए।

उक्त विधेयकमाथि लेखक र नेम्वाङले काम गरिरहेका थिए भने माओवादी केन्द्रका तर्फबाट संसद् बाहिरै रहेपछि पूर्व सभामुख अग्नि सापकोटाले सहयोग गरिरहेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिट्टै संयुक्त राष्ट्र संघको महासभामा जानुपर्ने भएकाले त्यसअघि नै विधेयक पारित गरेर संसदमा पेस गर्ने पक्षमा थिए। यसका लागि दाहालले पूर्व सभामुख सापकोटालाई जिम्मेवारी पनि दिएका थिए।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंग्याउनुपर्ने पक्षमा नेम्वाङ रहेको लेखकले पनि बताए। उप समितिको बैठकमा नेम्वाङले यो कुरा पनि राखेका थिए। संसद्‌मा विचाराधीन सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संशोधन विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने  सम्बन्धमा चार दिनअघि नेम्वाङसँग टेलिफोन वार्तालाभ भएको पूर्व सभमुख सापकोटाले सुनाए।

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने नेम्वाङको चाहना अपुरो रहेकोमा दुःख व्यक्त गरे। ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा चार दिनअघि मैले उहाँसँग कुराकानी गरेको थिएँ । सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संसद्‌मा विचाराधीन विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा उहाँको तीव्र चाहना थियो,’ सापकोटाले भने, ‘यस विषयमा आफूले सक्दो सहयोग गर्ने वचन दिएका थिए तर उक्त चाहना पूरा नभएको अत्यन्तै दुखित छु।’

एमालेको उपाध्यक्षसमेत रहेका नेम्वाङ अन्तरिम संसद् र संविधानसभा गरी ९ वर्ष सभामुख–अध्यक्ष भएका थिए। उनको  मंगलबार बिहान ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–६ खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा ठूलो जोखिम उत्प... आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार साँझ सामाजिक सञ्जालमार्फत राष्ट्रसेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च कदर हुने बताएक... आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले यस्ताे प्रस्ताव पारित गरेको... आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्