• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

 ‘मुलुक अँध्यारो सुरुङमा जाँदैछ’ भन्ने नेम्वाङ आफै अस्ताए 

64x64
दुर्गा दुलाल मंगलबार, भदौ २६, २०८०  २०:२७
1140x725

काठमाडौं–२०६४ सालमा भएको निर्वाचनबाट बनेको पहिलो संविधान सभाले संविधान दिन सकेन। २०६९ जेठ १५ गते संविधान सभा विघटन भयो। अर्को संविधान सभाको निर्वाचन २०६९ मंसिर ७ गते हुने सिफारिससँगै पहिलो संविधान सभा विघटन भएको थियो। दोस्रो संविधान सभाको सदस्यहरूको निर्वाचन २०७० मंसिर ४ गते सम्पन्न भयो अनि २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भयो।

योसँगै  सुवासचन्द्र नेम्वाङले आफ्नो ठूलो जिम्मेवारी पूरा गरे अनि सधैं आफूलाई संविधान सभाको अध्यक्षको रुपमा कायम राखे। दुवै संविधान सभाको अध्यक्षको रुपमा नेम्वाङले नेतृत्व गरेका यही कारण उनलाई जसरी पनि सफल हुनु थियो।नेम्वाङलाई जसरी पनि सफल हुनुपर्ने यही दायित्व र जिम्मेवारीका कारण तत्कालीन समयमा नेम्वाङले हरेक बैठकमा भन्ने गरेको शब्द उनको थेगो जस्तै भइसकेको थियो।

नेम्वाङ शीर्ष नेताको बैठक होस् वा प्रमुख सचेतक र सचेतककहरु सहभागी भएको बैठकमा भन्थे–‘दलहरुका बीचमा सहकार्य, सहमति र सहयात्राको विकल्प छैन। नत्र देश अँध्यारो सुरुङमा प्रवेश गरिसकेको छ।’ तत्कालीन समयमा नेम्वाङसँग सहकार्य गरेका पूर्व सांसद एवं लोसपा नेता लक्ष्मणलाल कर्णलाई अहिले पनि उक्त भनाइ कानमा गुञ्जिरहन्छ। संविधान निर्माणको क्रममा र त्यसपछि उनीसँग संसदीय मोर्चामा धेरै सहकार्य भएको र आफूले नेम्वाङसँग धेरै कुरा सिकेको उनले बताए।

कर्ण कुनै समय वीरगन्जबाट वकालत गर्थे भने नेम्वाङ काठमाडौंको नाम चलेको पायोनियर ल फर्मबाट वकालत गर्थे। उनी सर्वोच्च अदालतमा वकालत गर्ने र आफू बाहिरबाट गर्ने भएपछि धेरै प्रभावित त्यही समयदेखि नै भएको कर्णले बताए। ‘संविधान सभा र त्यसपछिका संसदीय गतिविधिमा मलै सँगै रहेर धेरै काम गर्न पाएँ। त्यो संगतले मैले नेम्वाङलाई असल साथीको रुपमा पनि पाएको थिएँ। संविधान बुझेको र देशको माया भएको परिपक्व नेताको रुपमा पाएको थिएँ।’

उनीमात्र होइन पूर्व सभामुख अग्निप्रसाद सापकोटा पनि नेम्वाङलाई आदर्श मान्छन्। संसद्को सभामुखको कुर्सीमा बसिरहँदा र त्यहाँबाट सभा सञ्चालन गर्दा नेम्वाङको अभ्यास र काम गर्ने तरिका आफूलाई धेरै मन परेको सापकोटाले बताए।

उनी नेम्वाङवाट समन्वयकारी भूमिका र सबै दलका नेताहरुसँग प्रष्ट कुरा राख्ने शैलीका कारण प्रभावित पनि थिए। पछिल्लो पटक नेम्वाङसँग सापकोटा निरन्तर सम्पर्कमा थिए। सभामुखको भूमिकामा रहँदा अप्ठ्यारो पर्दा नेम्वाङसँग कयौं पटक सापकोटाले कुरा पनि गरेका थिए। नेम्वाङको सधैं सरल अनि सहज रुपमा प्रस्तुत हुने बानीका कारण उनी प्रभावित भएका थिए।

संविधान निर्माणमा निरन्तर लागेका व्यक्ति 
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दिवंगत नेम्वाङलाई संविधान निर्माणको क्रममा कहिल्यै नथाक्ने र आशामात्र देख्ने व्यक्तिको रुपमा चिनेका थिए। उनको उक्त छवि अहिले पनि कायमै छ।

‘हामी संविधान निर्माणका क्रममा सँगै थियौं। दलहरुकाबीचमा धेरै दूरी र विवाद थियो। उहाँलाई अध्यक्षको रुपमा धेरै चिन्तित अनि केही आशा र विश्वास बोकेर हिँडेको व्यक्तिको रुपमा पाउथेँ,’ लेखकले भने, ‘नेताहरु संविधान निर्माणबाट बाहिर नजाउन् र निरन्तर प्रयास होस् भनेर बैठक बोलाइराख्थे अनि दलका शीर्ष नेताहरुलाई सचेत पनि गराइराख्थे।’

Ncell 2
Ncell 2

दुर्भाग्यवस पहिलो संविधानसभाबााट संविधान बनेन तर संविधान निर्माणको जग त्यहिँबाट सुरु भएको लेखकको बुझाइ छ। पहिलो संविधान सभाको अनुभव र सहमतिलाई थप दोस्रोमा पुगेपछि संविधान निर्माण गर्न सफल भएको उनी बताउँछन्। ‘दोस्रो संविधान सभाबाट संविधान जारी गर्दा नेम्वाङको भूमिका संविधान सभाका अध्यक्षको मात्र थिएन, उहाँले त्यहाँभन्दा माथि उठेर काम गर्नु भएको थियो,’ लेखकले भने, ‘दलहरुको हरेक बैठकमा सहमति हुन नसक्दा उनले भन्थे– मुलुक अँध्यारो सुरुङभित्र फसेको छ। दलहरूबीच सहमति गरेर देशमा उत्पन्न संकट समाधान गर्दै अघि बढ्नुको विकल्प छैन।’

दोस्रो निर्वाचनको मिति तोक्ने समयदेखि नै उनको यो भनाइ थेगो नै जस्तो भएको उनका सहयात्री नेताहरुले बताउने गरेका छन्। जब २०७२ साउन ३ गते संविधान जारी भयो अनि उनले यसलाई अझै परिस्कृत गर्नुपर्ने र असन्तुष्टहरुको माग पनि सम्बोधन गर्ने बाटो संविधानमा भएको भनी वकालत गरेको लेखकको बुझाइ छ।

‘नेम्वाङको सधैं सहज, शालिन र विनम्र स्वभाव थियो,’ लेखकले भने, ‘सुवास नेम्वाङ बोलेपछि त्यसमा सबैलाई सम्बोधन हुन्थ्यो। सबैले सम्मान पनि गर्दथे। यसो हुनुको कारण उहाँको समन्वयकारी भूमिका नै थियो।’

तर अब नेपाली राजनीतिले एउटा नक्षेत्र गुमाएको उनले बताए। पछिल्लो समय लेखक र नेम्वाङ प्रतिनिधि सभाको मानव अधिकार समितिमा थिए। उनीहरुले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन काम पनि गरिरहेका थिए।

‘अरु कसैले उहाँको ठाउँ पूर्ति हुन सक्दैन। संविधान बनाउने क्रममा होस् वा त्यसपछिको संसदीय मोर्चामा होस्, उहाँको भूमिका समन्वय गर्ने थियो,’ लेखकले भने, ‘उहाँको दल नेकपा एमाले मात्र नभइ सबै राजनीतिक दलहरुले नेम्वाङको अभाव महसुस आगामी दिनमा गर्नेछन्।’

संविधान निर्माणताका दलहरुकाबीचमा दूरी नबढोस् र संविधान निर्माणको दिशाबाट बाहिर नजाउन् भनेर दलहरुकाबीचमा मतान्तर हुँदा छिटो बैठक बोलाउने उनको बानी र त्यसबाट संविधान निर्माण सफल भएको उनले बताए। ‘आफ्ना कुराहरुमा अरुलाई  सहजै कन्भिन्स गराउने उहाँको खुबी थियो,’ लेखक भन्छन्, ‘शीर्ष नेता होस् वा प्रमुख सचेतक नेम्वाङले सहजै रुपमा कन्भिन्स गराउनुहुन्थ्यो।’

संविधानसभा सदस्यको रुपमा संविधान निर्माण गर्दा सहकार्य गरेर संविधानमा असहमति राखेपछि त्यहाँ नेम्वाङको भूमिकाको सधैं प्रशंसक हुन जसपाका नेता लक्ष्मणलाल कर्ण। ‘मैले कहिल्यै पनि नेम्वाङमा अहमता वा रिस देखिनँ। सधैं परिपक्व अनि त्यही अनुरुप आफ्ना कुरा राख्दथे,’ कर्णले भने, ‘कठिन समयमा संविधान निर्माणका लागि शीर्ष नेताको बैठक बोलाएपछि सबै आउँथे। संविधानमा फरक मत भएपछि संविधान जारी हुनुमा नेम्वाङको हात छ।’

नम्वाङको असल व्यक्तित्व र लचिलो भूमिकाका कारण संविधान निर्माण सफल भएको उनी बताउँछन्। उनी कानुनको ज्ञाता  पनि भएकाले कानुनका विषयमा पनि दलहरुका नेताहरुलाई कन्भिन्स गर्थे। कानुनको अनुभव पनि भएका उनले त्यसको भरपुर प्रयोग संविधान निर्माण गर्दा गरेको अनुभव कर्णलाई रहेको छ।

संक्रमणकालीन न्याय टुंग्याउने सपना अधुरो 
पछिल्लो समय नेम्वाङ प्रतिनिधि सभाको मानव अधिकार समितिमा थिए। उक्त समितिमा नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक रमेश लेखक पनि छन्।

उक्त समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउने प्रयास थालेको थियो। त्यसका लागि लेखक, नेम्वाङसमेत सहभागी भएको ११ सदस्यीय समिति बनेको थियो। उक्त उप समितिले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको ऐन संशोधन विधेयकमाथि छलफल गरिरहेको थियो।

संक्रमणकालीन न्याय करिब १७ वर्षदेखि अल्झिरहेकाले यसलाई अब टुंगोमा पुर्‍याउनुपर्छ भन्ने नेम्वाङलाई पनि लागेको थियो। यसैका लागि उनी कम्बोडिया भ्रमणसमेत गरेर त्यहाँको संक्रमणकालीन न्यायको प्रक्रियाबारे जानकारी लिएर आएका थिए। नेम्वाङले उक्त कुरा समितिको बैठकमा पनि सुनाएका थिए।

उक्त विधेयकमाथि लेखक र नेम्वाङले काम गरिरहेका थिए भने माओवादी केन्द्रका तर्फबाट संसद् बाहिरै रहेपछि पूर्व सभामुख अग्नि सापकोटाले सहयोग गरिरहेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिट्टै संयुक्त राष्ट्र संघको महासभामा जानुपर्ने भएकाले त्यसअघि नै विधेयक पारित गरेर संसदमा पेस गर्ने पक्षमा थिए। यसका लागि दाहालले पूर्व सभामुख सापकोटालाई जिम्मेवारी पनि दिएका थिए।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंग्याउनुपर्ने पक्षमा नेम्वाङ रहेको लेखकले पनि बताए। उप समितिको बैठकमा नेम्वाङले यो कुरा पनि राखेका थिए। संसद्‌मा विचाराधीन सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संशोधन विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने  सम्बन्धमा चार दिनअघि नेम्वाङसँग टेलिफोन वार्तालाभ भएको पूर्व सभमुख सापकोटाले सुनाए।

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने नेम्वाङको चाहना अपुरो रहेकोमा दुःख व्यक्त गरे। ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा चार दिनअघि मैले उहाँसँग कुराकानी गरेको थिएँ । सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संसद्‌मा विचाराधीन विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा उहाँको तीव्र चाहना थियो,’ सापकोटाले भने, ‘यस विषयमा आफूले सक्दो सहयोग गर्ने वचन दिएका थिए तर उक्त चाहना पूरा नभएको अत्यन्तै दुखित छु।’

एमालेको उपाध्यक्षसमेत रहेका नेम्वाङ अन्तरिम संसद् र संविधानसभा गरी ९ वर्ष सभामुख–अध्यक्ष भएका थिए। उनको  मंगलबार बिहान ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौड... शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता जेनजी आन्दोलनको क्रममा दाहिने खुट्टा गुमाएका पोर्तेलले जेनजी आन्दोलनको भावनालाई समेट्ने भन्दै पार्टी गठन गरेका थिए । बिहीबार, माघ १, २०८२
अहिलेको विशिष्ट परिस्थितिमा अझै बढी संयमित हुन आवश्यक छ : प्रधानमन्त्री कार्की सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहनुभुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ आ... बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै शुक्रबार, माघ २, २०८२
वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्