काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेकपा एमालेको पार्टी कार्यालय ललितपुरको च्यासल पुगेर प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका हुन्। नेम्वाङको निधनको खबर सुनेर प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल समेत पुगेका थिए।
1694508344.jpg)
मंगलबार बिहान १:५० बजेतिर त्रिवि शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषित गरेका थिए। अस्पतालबाट नेम्वाङको शव अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिएको हो।
नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्ने अहिले राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न क्षेत्रका व्यक्ति र सुभेच्छुकहरु च्यासल पुगेका छन्।
1694508344.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।