काठमाडौं– लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ। ५९ वर्षीय पराजुलीको मंगलबार बिहान ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
ज्वरो र निमोनियाबाट थलिएका पत्रकार पराजुलीलाई उपचारका लागि सोमबार अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा मंगलबार बिहान उनको निधन भएको हो।
तीन दशकदेखि पत्रकारितामा सक्रिय पराजुलीले कान्तिपुर दैनिक, राजधानी दैनिक, नेपाल समाचारपत्र, अभियान दैनिक, आर्थिक दैनिक, नागरिक दैनिकलगायतमा काम गरेका थिए।
पत्रकारितासँगै साहित्य क्षेत्रमा समेत सक्रिय पराजुलीका ‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘जन्तर मन्तर’ लगायतका पुस्तकहरू प्रकाशित छन्।
पराजुलीको मंगलबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।