काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले नेम्वाङ आफ्नो लागि पार्टीको उपाध्यक्ष मात्रै नभइ हितैषी मित्र र सुखदु:खको साथीसमेत भएको टिप्पणी गरेका छन्।
लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङले पुर्याएको योगदान सधैं सम्झिरहने ओलीले बताएका छन्।
उनले भनेका छन्, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनुभएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।