काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि प्रधानमन्त्रीले मंगलबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्।
मन्त्रिपरिषद्को बैठकले नेम्वाङको अन्तिम संस्कार र सरकारका तर्फबाट दिइने सम्मानबारे निर्णय गर्नेछ। यस्तै, नेम्वाङको निधनको शोकमा बिदा दिनेबारे विषयमा पनि निर्णय हुन सक्ने १ जना मन्त्रीले जानकारी दिएका छन्।
प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको मंगलबार बिहान १:३० बजे निधन भएको हो। हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।