शंकर पोखरेल काठमाडौं– संविधान सभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि नेकपा एमालेका महासचिव शंकर पोखरेल चीन भ्रमण छोट्याएर स्वदेश फर्किने भएका छन्।
पोखरेल सम्भवत: मंगलबार नै नेपाल फर्किने बताइएको छ। पोखरेल मंगलबार चीनको छिङहाई शहरबाट छेन्दु हुँदै नेपाल फर्किनेछन्।
नेम्वाङको निधनको खबरपछि पोखरेलले चीन भ्रमणको बाँकी कार्यक्रम रद्द गरेका छन्। टिकट व्यवस्थापन भएको अवस्थामा भ्रमण दलका अन्य सदस्य पनि मंगलबार नै नेपाल फर्किने नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन्।
नेम्वाङको मंगलबार बिहान १:३० बजेतिर मृत्यु भएको हो। हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।