काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदै आएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दबाब दिने र घेराबन्दीमा पार्ने काम भएको बताएका छन्।
आफ्नै मान्छेबाट नाजायज दबाब सिर्जना भएको भन्दै त्यसप्रति उनले दुःख व्यक्त गरेका छन्।
‘नेपालका बौद्ध तीर्थस्थलहरू’ शीर्षक पुस्तकको सोमबार लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम नगर्ने बरु राजीनामा दिने बताए। ‘पटक पटकको घेराबन्दी तोड्नुभएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नेतृत्व विगतमा युद्ध लड्नका लागि मात्र हैन अहिले मुलुकका लागि समृद्धि हासिल गर्न पनि त्यतिकै आवश्यक छ,’ उनले भने।
पुस्तकका लेखक तथा सम्पादक गेशे थुब्तेन शेराब रहेका छन्। बुद्धसँग सम्बन्धित तीर्थस्थलहरु, बोधिसत्वसँग सम्बन्धित तीर्थस्थलहरु र बज्रयान सम्बन्धित तीर्थस्थलहरु गरी तीन खण्डमा विभाजित उक्त पुस्तक अनुसन्धान केन्द्र, लुम्बिनी बौद्ध विश्वविद्यालय, पर्सा र नेपाल बौद्ध महायान केन्द्र गुम्बा, कपनले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।