काठमाडौं– गृहमन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ। सरुवा हुनेमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत रहेका छन्।
दाङ, भक्तपुर, महोत्तरी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित १० जना सहसचिवको सरुवा भएको हो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव रुद्रसिंह तामाङलाई अध्यागमन विभाग कालीकास्थान काठमाडौंको महानिर्देशक बनाइएको छ भने तामाङको ठाउँमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ।
प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीलाई दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएको छ भने शिवराम गेलाललाई महोत्तरी र बागलुङकी प्रजिअ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरमा खटाइएको छ।
त्यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा पठाइएको छ। मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रजिअ बनाइएको छ। यसैगरी प्रचिअका रुपमा कार्यरत सहसचिवहरू भरतमणि पाण्डे, दीपक कुमार पहाडी र खगेन्द्रप्रसाद रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।