बैतडी- डोटीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका–१ रुमाल भीरमा अटो दुर्घटना हुँदा वडा नम्बर ३ की अन्दाजी ५८ वर्षीय कस्तुरी देवी जेठराको मृत्यु भएको हो।
सहजपुर बोगटान दिपायल सडक खण्ड अन्तर्गत रुमायल बिपी नगरबाट खँड्यौली आउँदै गरेको सुपर ०१००१ ह ५४०६ नम्बरको अटो गए राति अन्दाजी ९ः३० मा दुर्घटना भएको प्रहरी चौकी खँड्यौलीका इन्चार्ज भास्कर दत्त पन्तले जानकारी दिए।
सामान्य घाइते बडीकेदार १ का अटो चालक उत्तम बोहरा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। रातिको समयमा घटना के कारणले भएको हो भन्ने खुल्न सकेको छैन।
बडीकेदार गाउँपालिकाका जनप्रतिनिधि र प्रहरी टोली घटनास्थलमा पुगेका छन्। अटो सडकबाट करिब ५० मिटर तल खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।