काठमाडौं– बल्खु खोलाको झोलुंगे पुलमुनि एक पुरुषको शव भेटिएको छ। सनाखत हुन नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।
चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित बल्खु खोलाको झोलुङ्गे पुलमुनि नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन्।
यस विषयमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।