काठमाडौं– जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले सो आदेश दिएको हो। थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ।
गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ।
कोसँग कति धरौटी माग?
१–केशव तुलाधर, साधारण तारेखमा रिहा
२–शिवजी भट्ट–३ लाख ३० हजार
३–रुद्रकुमार श्रेष्ठ– ७ लाख ५० हजार
४–बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
५–कलाधर देउजा –१५ लाख
६–घमन कुमार कार्की– ७ लाख ५० हजार
७–गोपाल कार्की –७ लाख ५० हजार
८–विनोद पौडेल– १५ लाख
९–योगराज पौडेल– ७ लाख ५० हजार
१०–नारायणराज मिश्र –७ लाख ५० हजार
११–अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार
१२–ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
१३–बाबुराजा महर्जन– १ लख १० हजार
१४–देवनारायण महर्जन – १ लाख १० हजार
१५–सकलानन्द महर्जन– १ लाख १० हजार
१६–सञ्जय कुमार महर्जन– १ लाख १० हजार
१७–लोकरि घिमिरे –७ लाख ५० हजार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।