काठमाडौं– ललिता निवासको जग्गा कब्जा प्रकरणमा जिल्ला अदालत काठमाडौंले एक जना प्रतिवादीबाहेक अन्य सबैलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटी माग गरेको हो। काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार कुनै पनि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा नपठाएको र धरौटी माग गरेको बताए।
उनीहरुले मागको धरौटी बुझाएमा आजै रिहा गरिने जिल्ला अदालतले जनाएको छ। जिल्ला अदालतले तुलाधरलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा कीर्ते गरेको भन्दै मुद्दा दायर गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा दायर गरेपछि अदालतले बयान गराएको थियो।
बयानपछि भएको बहसपछि उनीहरुसँग धरौटी माग गरिएको हो। यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसँग सबैभन्दा धेरै धरौटी माग गरेको छ।
गुरुङसँग अदालतले २ करोड ४६ लाख धरौटी माग गरेको छ। अन्य प्रतिवादी भने फरार भएकाले उनीहरुको हकमा म्याद जारी गर्ने तयारी अदालतको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।