काठमाडौं– परराष्ट्रविद् रमेशनाथ पाण्डेले दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले आइतवार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्री दाहालले दुवै देशको विश्वास बटुल्ने काम गर्नुपर्ने बताए। उनले छिमेकी देशले कुटनीतिक रुपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रुपमा व्यक्त गर्न थाल्नुले झनै चिन्ता थपिएको बताए।
उनले भने, ‘नेपालको दुवै छिमेकी देशसँग विश्वासको सञ्चिति निरन्तर घट्दै गएको छ। दुवै देश हाम्रा छिमेकीले उनीहरुको चाहना सुरक्षित छैन भन्ने अनुभूति गरेका छन्। त्यसलाई उनीहरुले कुटनीतिक रुपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रुपमा व्यक्त गर्न थालेका छन्। उनीहरुको व्यवहारबाट देखिन्छ। त्यसैले सहसचिव स्तरबाट हुनुपर्ने वार्ताका कुराहरु योजनाका कुरा गर्ने सट्टा प्रधानमन्त्रीजीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनुपर्छ।’
परराष्ट्रविद् पाण्डेले सहसचिव स्तरबाट हुनुपर्ने वार्ता र योजनाका कुरा गर्नुको साटो प्रधानमन्त्रीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनु पर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।