डडेलधुरा– सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्ला जोड्ने केआइसिंह राजमार्ग फेरि अवरुद्ध भएको छ। डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–२ रडुवामा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार शनिबार रातिदेखिको वर्षका कारण राजमार्ग माथिबाट पहिरो आएको छ। आइतबार बिहान पनि वर्षाका कारण राजमार्ग सुचारु गर्न सकिएको छैन।
डडेलधुरा प्रहरीका अनुसार राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरू बगाएको छ। वर्षा नरोकिएको र पहिरो जाने क्रम समेत जारी रहेकाले सडक मर्मतको काम सुरुसमेत भएको छैन। वर्षा रोकिएपछि मर्मतको काम सुरु गर्ने डडेलधुरा प्रहरीले बताएको छ।
तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।