काठमाडौं– जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले निजामती सेवा पुरस्कार २०७९ प्राप्त गरेका छन्।
निजामती सेवा दिवस २०८० को अवसरमा निजामती सेवा दिवस मुल समारोह समितिले सिंहदरबार काठमाडौं आयोजना कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनलाई पुरस्कार प्रदान गरेका हुन्।
पाण्डेले पुरस्कार स्वरुप नगद ५० हजार र ताम्रपत्र प्राप्त गरेका छन्। हरेक कार्य क्षेत्रमा तोकिएका कामहरू इमान्दारीपूर्वक सेवाग्राही केन्द्रित भएर परिवर्तनशील धारबाट गरेकाले आफू पुरस्कृत भएको पाण्डेले बताए।
हाल हुलाकमा गरेका सुधार तथा विगतमा वाणिज्य कार्यालयमा सेवा प्रवाह तथा उपभोक्ता हितका क्षेत्रमा गरेका परिवर्तनमुखी काम, कोहलपुर नगरपालिकालगायतका स्थानीय तहमा गरेका संस्थागत सुधार, वातावरण तथा सरसफाइ, सडक विस्तार तथा सीप र क्षमता विकास अभियानहरू आफू पुरस्कृत हुने थप आधार रहेको उनको भनाइ छ।
उनले यस पुरस्कारबाट आफ्नो कर्तव्यपालनमा थप हौसलासमेत मिलेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।