नुवाकोट– अर्थमन्त्री डा प्रकाशशरण महतले राजधानी काठमाडौंसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताएका छन्।
नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा महतले भने, ‘चीनसँग जोडिएको रसुवागढी धेरै टाढा छैन। व्यापार, पर्यटन, कृषि र उद्योग व्यवसायमा अथाह सम्भावना छ।’
उनले अघि भने, ‘नुवाकोट खाद्यन्नमा आत्मनिर्भर छ। निर्यातका वस्तु धेरै छन्। कृषि उत्पाकत्व बढाउन यसपटकको बजेटमा उत्पादनमा अनुदानको व्यवस्था गरिएको छ। कागज बनाएर अनुदान खाने हो प्रवृत्ति अन्त्य भयो, अब उत्पादन देखाएर अनुदान पाउने प्रस्ताव गरेका छौं। कृषि मन्त्रालयलाई लागू गर्नुस् भनेका छौं।’
कृषि उत्पादन, फलफूल खेती, चिया कफीलगायत तमाम कृषि उत्पादनको नुवाकोटमा सम्भावना रहेकाले त्यसमा महिलाले अगुवा गर्नुपर्ने बताए।
महिलाकै नाममा सरकारले औद्योगिक पार्कको पाँचखालमा घोषणा गरेको उनले जानकारी दिए। त्यसको एक्सटेन्सन नुवाकोटमा पनि हुनुपर्ने मन्त्री महतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।