काठमाडौं– छोटो समयमै चर्चा बटुल्न सफल गायन रिालिटी शो ‘द भ्वाइस अफ नेपाल’ र हाम्रो पात्रोबीच सहकार्य भएको छ। ‘द भ्वाइस अफ नेपाल’ले नेपालको सबैभन्दा बढी डाउनलोड गरिएको एप 'हाम्रो पात्रो'लाई कार्यक्रमको आधिकारीक डिजिटल मिडिया पार्टनर रहने गरी समझदारी गरेको हो।
समझदारीपछि अब ‘द भ्वाइस अफ नेपाल’को यस सिजनभरीका सबै एक्लुसिभ तथा अडियो सामाग्री, ताजा गतिविधि तथा प्रत्यक्ष प्रसारणसमेत 'हाम्रो पात्रो'बाट पनि हेर्न सकिने छ। कार्यक्रमका हरेक सामाग्रीहरुसम्म देश विदेशमा रहेका नेपाली संगीतप्रेमीहरुको पहुँच पुगोस् भन्न हाम्रो पात्रोसँग सहकार्य गरिएको एनसी इभेन्ट म्यानेजम्यान्टका प्रल्हाद सिंह महतले बताए।
पछिल्लो समय चर्चामा रहेको कार्यक्रमको यात्रामा सङ्गीत कर्ममा विश्वास राख्ने तथा आस्था राख्नेहरुका लागि सहयात्री बन्न पाउँदा खुसी लागेको हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले बताए।
उनले भने,‘विश्वस्तरका मिडिया सामाग्रीहरु निरन्तर रुपमा हाम्रा लाखौं प्रयोगकर्तासम्म जोड्दै लैजानु हाम्रो मूल उद्देश्य हो। त्यसकारण पनि द भ्वाइस अफ नेपालसँग सहकार्य गरेका हौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।