बाँके- सशस्त्र प्रहरी बाँकेले भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेका कुखुराका चल्लासहित पिकअप गाडी नियन्त्रणमा लिएको छ। जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका २१ बिर्ताबाट १६ लाख रुपैयाँ बराबरको बोइलर कुखुराका चल्ला र पिकअप गाडी नियन्त्रणमा लिएको छ।
भे १ च ३५९७ नम्बरको गाडीमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ६ हजार वटा बोइलर कुखुराको चल्लासहित गाडी बागेश्वरी गण ३० बाँकेले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको चल्ला नेपाल प्रहरी, स्थानीय, पशुक्वारेन्टाइनका कर्मचारीको रोहवरमा नष्ट गरिएको छ भने गाडी आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय जमुनाहमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।